
बुटवल – पाल्पाको रिब्दिकोटमा बस पल्टिँदा कम्तीमा ६ जनाको मृत्यु भएको छ।
गुल्मीको मजुवाबाट पाल्पाको तानेसनतर्फ आइरहेको लु १ ख ५९५२ नम्बरको बस सडकबाट ८० मिटर तल खसेको प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ।
२२ जना यात्रु लिएर आएको बसबाट १६ जनाको उद्धार गरी उपचारका लागि तानेसन पठाइएकोमा ६ जनाको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ।
रिब्दिकोट गाउँपालिका–२ का वडाध्यक्ष ओमप्रसाद पोखरेलका अनुसार अहिलेसम्म ६ जनाको शव फेला परेको छ। मृतकको सनाखत भएको छैन। घटनाको पूरा विवरण आउन बाँकी छ।