
बुटवल – बुटवलको एक होटलमा महिला र पुरुष मृत अवस्थामा फेला परेका छन्।
तिनाउ पारी फूलबारी चोकमा रहेको कारिकोट होटलको कोठामा उनीहरू मृत अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी निरीक्षक सन्तोष घिमिरेले बताए।
धादिङ घर भएका अन्दाजी ३५/३६ वर्ष उमेरका सीताराम भुजेल र थर-ठेगाना स्पष्ट नखुलेकी अन्दाजी २५ वर्षीया युवती मृत फेला परेको प्रहरीले जनाएको छ।
धादिङको कुमपुर-५ ठेगाना भएका युवक र ती युवती आइतबार राति त्यस होटलमा बस्न आएका थिए।
अनुसार युवतीको नाम पुष्पा र घर दाङ भनिए पनि थर र घरको पूरा ठेगाना खुल्न सकेको छैन। उनी डेढ महिनादेखि हराएको र पति विदेशतिर रहेको भन्ने खुलेको छ।
युवती पलङमा उत्तानो परेको अवस्थामा र युवक कोठाको पंखामा झुन्डिएको अवस्थामा मृत फेला परेका थिए।
तन्ना र टावेलमा रगत पोतिएकाले युवतीको हत्या गरी आफूले आत्महत्या गरेको हुन सक्ने प्रारम्भिक अनुसन्धानले देखाएको प्रहरी निरीक्षक घिमिरेले बताए।