
बुटवल – नेकपा एकीकृत समाजवादीका सम्मानित नेता एवम् पूर्व प्रधानमन्त्री झलनाथ खनालले आफू अन्तिम पटकका लागि प्रतिनिधिसभामा उम्मेदवार हुने बताएका छन्।
उनले यसपालिकाे प्रतिनिधिसभा निर्वाचनमा इलामको क्षेत्र नम्बार १ मा गठबन्धनबाट चुनाव लड्ने बताएका हुन्।
आइतबार बिहान भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै खनालले गठबन्धनबाट आगामी मंसिरमा हुने चुनावमा एक पटक चुनाव लड्ने बताएका हुन्।
‘राष्ट्रपती हुने सहमतीमा चुनाव नलड्ने चर्चा छ नी? भन्ने पत्रकारको जिज्ञासामा खनाले भने,‘जनतासँगको माया पिरती टुटेको छैन, ४८ सालदेखि चुनाव लड्दै आएको छु, अब एक पटक लड्छु।’
उनले आफूूले इलाम निर्वाचन १ बाट जित्ने विश्वास समेत व्यक्त गरे। अहिले पाँच दलीय गठबन्धनबाटै निर्वाचनमा होमिने खनालले बताए।‘गठबन्धन दृढतापूर्वक अगाडि बढ्छ’ उनले भने,‘एकतामै बल हुन्छ, एक्लो डेढुको असफलता अनिवार्य छ।’ उनले गठबन्धन चुनावसम्म हुुन्छ की पछिसम्म जान्छ भन्ने कुरा भन्न नसकिने बताए। तर, अहिले चुनावसम्म गठबन्धन दृढतापूर्वक अगाडि बढ्ने बताए।
उनले दक्षिणपन्थी अवसरवाद प्रकट भएकाले विखण्डन सृजना भएको बताउँदै तत्तकाल एमालेसँग तालमेल र एकताको सम्भावना नरहेको बताए।
नेता खनालले अहिले आफूहरू नेकपा माओवादी केन्द्रसँग निकटतामा रहेको बताए। ‘मुलुकका लागि बृहत वामपन्थी एकताको आवश्यकता थियो, त्यो भएन तर समाजवादी रुपान्तरणको शिलशिलामा एकतावद्ध हुनैपर्छ’ उनले भने।
पूर्वप्रधानमन्त्री खनालले वामदेव गौतमले माओवादीको चुनाव चिन्ह हँसिया हथौँडा लिएर निर्वाचन लड्ने कुरा सामान्य भएको बताए।‘वामदेव जी हामीसँगै हुनुहुन्छ, चुनाव चिन्ह कुनै सिद्धान्त होइन’ उनले भने,‘हामीसँगै छौँ।’