
अ
+
अ
अ
-
बुटवल – बुटवलमा सवारी दुर्घटनामा परी बाबुछोराको मृत्यु भएको छ।
बुधबार दिउँसो बुटवल १३ बेलवास चोकमा लु ४१ प ४१६८ र लु ४८ प ३२४६ नम्बरका मोटरसाइकल आपसमा ठोकिँदा दुर्घटना भएको हो।
मृत्यु हुनेमा बुटवल उपमहानगरपालिका–१३ बेलवासका ४५ वर्षीय सोनु भट्टराई र उनका ५ वर्षीय छोरा निशान भट्टराई रहेको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख ठगबहादुर केसीले जानकारी दिए।
दुर्घटनामा लु १ क ४४२४ नम्बरको ट्यांकर मुनी लु ४१ प ४१६८ नम्बरको मोटरसाइकल परेको थियो।
दुर्घटनाबाट गभ्मीर घाइते बाबुछोरालाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पतालमा लगिएकोमा अस्पतालले मृत घोषणा गरेको थियो । दुर्घटनामा बुटवल–१३ का १५ वर्षीय आयुष आचार्य र पाल्पा रामपुर २ का २३ वर्षीय अमृत सुनारी मगर घाइते भएका छन् । उनीहरुको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ।