कोरोना संक्रमण घटे पनि सावधानी अपनाउन जरुरी छ

कोरोना संक्रमण घटे पनि सावधानी अपनाउन जरुरी छ
+
-

विश्वमा कोरोना संक्रमण क्रमशः कम हुँदै जाने क्रममा दक्षिण एसियामा पनि यसको प्रभाव कम हुँदै गएको छ।

सार्क डिजास्टर म्यानेजमेन्ट सेन्टर(SAARC Disaster Management Center, SDMC)का अनुसार कोरोनाका कारण दक्षिण एसियामा हालसम्म (२०२२नोभेम्बर ४सम्म) जम्मा ५०३८८३७९ जना संक्रमित भएका छन् भने ६२७४८३ जनाको यसै कारण मृत्यु भएको छ। त्यस अर्थमा हालसम्म दक्षिण एसियाको कुल जनसंख्याको २.६६% मा कोरोना संक्रमण भइसकेको छ भने १.२४% को यसैका कारण ज्यान गइसकेको छ। समग्रमा दक्षिण एसियाको कोरोना मृत्यु दर १.२५% देखिएको छ।

संक्रमण संख्याअनुसार हालसम्म दक्षिण एसियामा सबैभन्दा धेरै संक्रमण क्रमशः भारतमा ४४६५८३६५, बंगलादेशमा २०३५५१७, पाकिस्तानमा १५७४२७५, नेपालमा १०००६३१, श्रीलंकामा ६७१३०२, अफगानिस्तानमा २०३३११, माल्दिभ्समा १८५३६४ र भुटानमा ५९६१४ देखिएको छ।

त्यस्तै, कोरोना मृत्यु संख्याअनुसार हालसम्म सबैभन्दा धेरै मृत्यु क्रमशः भारतमा ५३०४७९ ,बंगलादेशमा २९४२४, पाकिस्तानमा ३०६२७, श्रीलंकामा १६७८२, नेपालमा १२०१९, अफगानिस्तानमा ७८२३, माल्दिभ्समा ३०८ र भुटानमा २१  देखिएको छ।

यसै सेरोफेरोमा नेपाल र विश्वको कोरोना प्यान्डेमिकको साप्ताहिक विश्लेषण गर्ने क्रममा पछिल्लो विश्लेषण विभिन्न स्रोतबाट प्राप्त तथ्यांकका आधारमा तल देखाइएबमोजिम प्रस्तुत गरिएको छ। यस लेखमा उद्धृत गरिएका तथ्यांक विभिन्न श्रोतबाट लिइएका हुन्। जस्तैः नेपाल सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय (MOHP), जोन्स होप्किन्स विश्वविद्यालय (Johns Hopkins University), WHO, वर्लडोमिटर (Worldometer), आवर ओर्ल्ड इन डाटा (Our World in Data), सार्क डिजास्टर म्यानेजमेन्ट सेन्टर (SAARC Disaster Management Center, SDMC) आदि। यस लेखको उद्देश्य कोरोनासम्बन्धी तथ्यांकलाई सही रुपमा पस्की विश्व र नेपालको प्यान्डेमिकको चित्र पाठकसमक्ष पुर् याउनु हो।

विश्वमा कोरोना प्यान्डेमिक तल–माथि हुने क्रममा दक्षिण एसियामा पछिल्लो अवस्थामा कोरोना संक्रमण कम हुँदै जाने क्रम जारी छ। हाल दक्षिण एसियामा दैनिक कोरोना संक्रमण घट्दो छ। दक्षिण एसियाको पछिल्लो करिब तीन हप्ता, सन् २०२२अक्टोबर १३देखि नोभेम्बर ३ (२२ दिन)कोकोरोना प्यान्डेमिकसम्बन्धी तथ्यांकको विश्लेषण चित्र न. १ मा देखाइएको छ।

पछिल्लो अवस्थामा दक्षिण एसियामा समग्रमा औसत दैनिक करिब १८०० भन्दा कम संक्रमण देखिने गरेको छ। पछिल्लो समय दक्षिण एसियाकाअधिकांश देशमा दैनिक कोरोना संक्रमण घट्दै गएको छ।

त्यस्तै, दक्षिण एसियामा पछिल्लो समय दैनिक मृत्यु पनि क्रमशः घट्दै गएको देखिएको छ। पछिल्लो समय दक्षिण एसियामा समग्रमा औसत दैनिक २० मृत्यु देखिने गरेको छ। तर, दक्षिण एसियामा फेरि दैनिक मृत्युमा केही सामान्य वृद्धि भएको देखिन्छ, मुख्यतया भारतमा। WHO का अनुसार गत नोभेम्बर २ का दिन भारतमा मात्रै १३७५ नयाँ कोरोना मृत्यु भेटिएको छ। भारतमा ६ महिनाभन्दा लामो समयपछि दर्ता भएको यो सबैभन्दा उच्च दैनिक मृत्यु संख्या हो। सम्भवतः यो तथ्यांक विगतमा छुटफुट भएका मृत्यु संख्याको अध्यावधिक पनि हुन सक्छ।

 नेपालको दैनिक नया संक्रमण

सन् २०२२ अक्टोबर ३० देखि नोभेम्बर ५ (वि.सं २०७९ कार्तिक १३ देखि १९)जम्मा ७ दिनको नेपालभरिको दैनिक परीक्षण र नयाँ संक्रमणको प्रबृत्ति चित्र न.२मा प्रस्तुत गरिएको छ। यस लेखमा पीसीआर परीक्षणलाई मात्रै गन्ती गरिएको छ। नेपाल सरकारबाट प्राप्त तथ्यांक हेर्ने हो भने गत हप्ताको सात दिन, कार्तिक १९ गते शनिबारसम्म, देशभरि जम्मा १६७ जना नयाँ संक्रमित थपिई जम्मा संक्रमितको संख्या १०००७०८पुगेको छ। दुई र तीन हप्ताअघि साप्ताहिक कुल संक्रमण संख्या क्रमशः १२५ र २९३ थियो।

त्यस्तै, चित्र न. २ले नेपालको गत हप्ताको दैनिक कोरोना संक्रमण दरको प्रबृत्ति पनि देखाएको छ।  गत हप्ता दैनिक संक्रमण दर अर्थात् पोजिटिभिटी दर न्यूनतम १.३८%देखि अधिकतम४.६८%सम्म रही साताभरिको औसत पोजिटिभिटी दर२.९५%रह्यो जुन दुई र तीन हप्ताअघि क्रमशः ४.२४% र ५.१३% थियो।

नेपालमा करिब एक महिनाभन्दा लामो समयदेखि केही बढ्दै गएको कोरोना संक्रमण संख्या दुई हप्ताअघि केही कम भएकोमा गत हप्ता फेरि केही बढेको छ भने संक्रमण दरमा केही कमी आएको छ।

गत हप्ता नेपालमा कोरोना मृत्यु भने शून्य रह्यो र हालसम्मको देशको जम्मा कोरोना मृत्यु १२०१९ पुगेको छ। गत हप्ता देशभरि जम्मा ५६८१ पीसीआर परीक्षण गरियो जुन संख्या दुई हप्ताअघि २८४४ थियो।

संक्षेपमा, पछिल्लो समय विश्व र दक्षिण एसियाको समग्र दैनिक कोरोना संक्रमणमा कम हुँदैआएको छ। दैनिक कोरोना मृत्युको प्रबृत्ति पछिल्लो समय घट्दै गएको देखिन्छ। तर, भारतमा अझै पनि बेला–बेला कोरोना मृत्युको ठूलो संख्या देखिने गरेको छ।

नेपालमा गत हप्ता, बि.सं २०७९ कार्तिक १३ देखि १९, साप्ताहिक नयाँ कोरोना संक्रमण दुई हप्ताअघिको भन्दा केही बढेको। चित्र न. २ ले देखाएजस्तै परीक्षणको संख्यासँगै दैनिक संक्रमणको संख्या पनि समानान्तर रुपले तल–माथि हुने गरेको छ। प्यान्डेमिककालमा परीक्षण संख्या अधिकतम भई संक्रमण संख्या न्यूनतम भएमा राम्रो हुन्छ।

औसत साप्ताहिक संक्रमण दर भने घट्ने क्रम जारी छ। दशैं र तिहारको बेला बढेको दैनिक संक्रमण संख्या र संक्रमण दर केही घट्न खोजेको देखिएको छ। चाडपर्व सकिएसँगै कोरोना संक्रमणमा कमी आएको छ भने परीक्षण निकै कम गरिएको हुनाले पनि संक्रमण नदेखिएको हुन सक्छ।

स्मरण रहोस्, पछिल्लो समय कोरोना संक्रमणमा विश्वब्यापी र देशब्यापी निकै कमी आइसके पनि उन्मूलन भने भइसकेको छैन।

प्यान्डेमिककालमा कोरोना संक्रमण कहाँ र कसरी बढ्छ त्यसको कुनै निश्चित अड्कल छैन जुन कुरा हाल विश्वका विभिन्न देशमा चलिरहेको पछिल्लो लहरले पनि पुष्टि गर्छ। तसर्थ कोरोना संक्रमण घटेको छ भन्दैमा होसियारी र सतर्कता नअपनाउनु ठूलो गल्ती सावित हुन सक्छ।

तथ्यांकले जेसुकै देखाए पनि प्यान्डेमिकको यथार्थलाई एक पटक फेरि आत्मसात् गर्नुपर्ने बेला आएको छ। हरेक व्यक्तिले भौतिक दूरी कायम गर्ने, मास्क लगाउने, हात राम्ररी धुने, अनावश्यक भीडभाड नगर्ने आदि सावधानीका कुरा कडाइसाथ अपनाउनुपर्ने देखिन्छ। पछिल्लो समय अन्य देशमा संक्रमण फेरि बढ्ने प्रबृत्ति देखिएको बेला नेपालमा पनि त्यसो नहोला भन्न सकिन्न।

यस लेख नेपालमा साप्ताहिक रुपमा प्यान्डेमिक हेर्ने ऐनाको  रुपमा प्रस्तुत  गरिएको छ। यस लेखमा नेपाल र विश्वमा प्यान्डेमिकबारे तथ्यांकले जे देखाउँछ त्यही कुरालाई सरल रुपमा प्रस्तुत गरिएको छ। यस लेखमा प्रस्तुत गरिएका कुरालाई कसरी बुझ्ने र लिने आ-आफ्नो बुझाइ हो। जे भए पनि प्यान्डेमिक बिरुद्धको हाम्रो लडाइँ जारी छ, होशियारीपूर्बक यसको सामना गर्नु नै बुद्धिमानी हुनेछ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?