नहर निर्माणमा भ्रष्टाचार भएको भन्दै नारायणी सिँचाइका कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा

नहर निर्माणमा भ्रष्टाचार भएको भन्दै नारायणी सिँचाइका कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा
+
-

वीरगञ्ज – नहर निर्माणमा भ्रष्टाचार भएको भन्दै नारायणी सिँचाइका कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ।

नहर निर्माणको क्रममा भ्रष्टाचार भएको देखिएकोले नारायणी सिँचाइ व्यवस्थापन डिभिजन नं ५, बहुअरी, वीरगञ्जका कर्मचारीविरुद्ध अख्तियारले विशेष अदालत काठमाडौंमा मुद्दा दायर गराएको हो।

नारायणी सिँचाइ व्यवस्थापन डिभिजन पर्सा ब्लक नं २ र १० को नहर निर्माणमा भ्रष्टाचार भएको भन्ने उजुरीको सम्बन्धमा छानबिन गर्दा उपभोक्ता संस्थालाई बद्नियतपूर्वक कामै नभएको अवस्थामा पनि झुटा बिल बनाई गलत भुक्तानी दिई÷लिई भएकाले भ्रष्टाचार मुद्दा दायर गराइएको अख्तियारले जनाएको छ।

अख्तियारले नारायणी सिँचाइ व्यवस्थापन डिभिजन नं ५, बहुअरी, वीरगञ्जका तत्कालीन सिडिई मदनमोहन झा र तत्कालीन लेखा अधिकृत मुरारीप्रसाद आचार्र्यविरुद्ध जनही ५ लाख ६१ हजार ९५० रुपैयाँ बिगो कायम गरी कैद र बिगोबमोजिम जरिवाना गरी बिगो असुल–उपर हुनसमेत मागदाबी लिई भ्रष्टाचार मुद्दा दायर गराइएको छ।

यस्तै ब्लक नम्बर २ हरिहरपुर बिर्ता, पर्साका अध्यक्ष कुसुम देवी कलवार र कोषाध्यक्ष राजकिशोरप्रसाद विरुद्ध पनि जनही ५ लाख ६१ ह्जार ९५० रुपैयाँ बिगो कायम गरी कैद र बिगोबमोजिम जरिवाना गरी बिगो असुलउपर हुनसमेत मागदाबी लिई भ्रष्टाचार मुद्दा दायर गराइएको अख्तियारका प्रबक्ता शयामप्रसाद भण्डारीले जानकारी दिए।

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’