हत्या आरोपमा बाराबाट एक बालक पक्राउ

हत्या आरोपमा बाराबाट एक बालक पक्राउ
+
-

वीरगञ्ज –  बारा प्रहरीले हत्या आरोपमा एक जनालाई पक्राउ गरेको छ।

बाराको कोल्हवी नगरपालिका–११ बस्ने ४३ वर्षीय परीक्षण चौधरीको हत्या गरी खाल्डोमा गाडेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको हो। आरोपी १८ वर्षभन्दा कम उमेरको भएको हुँदा प्रहरीले नाम सार्वजनिक गरेको छैन।

बिहीबार बिहान चौधरीको शव सोही स्थानमा रहेको गोठघर पछाडि खाल्डोमा पुरिएको अवस्थामा फेला परेको थियो। घटनास्थलमा फेला परेको चप्पलको आधारमा ती बालकलाई पक्राउ गरिएको बाराका प्रहरी प्रवक्ता राजेश थापाले जानकारी दिए।

प्रहरीका अनुसार बुधबार राति गाउँकै रामपुकार चौधरीको नास्ता पसलमा रक्सी सेवन गरी घर जाने क्रममा परीक्षणले बालकसँग अप्राकृतिक मैथुन गर्न खोजेका थिए। सो क्रममा बालकले दाउराले प्रहार गरी चौधरीको हत्या गरी खाल्टो खनी गाडेको प्रारम्भिक अनुसन्धानबाट खुलेको थापाले बताए।

घटनास्थलबाट सिसौको दाउरा एक थान, कोदालो एक थान, रगत लागेको च्यातिएको बोरा, फित्तावाला चप्पल, रगत लागेको ज्याकेट, हाफ सर्ट, जिन्स पाइन्ट बरामद गरिएको उनले बताए। घटनाको थप अनुसन्धान भइरहेको उनले जानकारी दिए।

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’