सरकारले समयमै खरिद नगर्दा बिचौलियालाई कम मूल्यमा धान बेच्न बाध्य

सरकारले समयमै खरिद नगर्दा बिचौलियालाई कम मूल्यमा धान बेच्न बाध्य
+
-

वीरगञ्ज – सरकारले किसानको धान खरिद नगर्दा किसानले सस्तो मूल्यमा धान बिक्री गर्न बाध्य भएका छन्।

किसानले उत्पादन गरेको धान सरकारले खरिद नगर्दा पर्सा जिल्लाका किसान सस्तो मूल्यमा बिचौलियालाई धान बेच्न बाध्य भएका हुन्।
उनीहरूले सरकारी समर्थन मूल्यभन्दा ७ सयदेखि ८ सय प्रति क्विन्टल घाटा व्यहोरेर धान बिक्री गर्नुपरेको पर्सास्थित जगरनागपुर गाउँपालिकाका किसान सैदुल अख्तरले गुनासो गरे।

‘सरकारले खरिद गरेको छैन, बाध्य भएर व्यापारीलाई कम मूल्यमै बेच्नुपरेको छ,’ उनले भने, ‘सरकारले यसपालि धानको समर्थन मूल्य प्रति क्विन्टल ३१ सय ६५ रूपैयाँ तोकेको छ। समर्थन मूल्य तोक्ने तर धान भने ढिलो गरी खरिद गर्ने सरकारी रबैयाका कारण वास्तविक किसानले भन्दा पनि बिचौलिया र ब्यापारीले त्यसको फाइदा उठाइरहेका छन्।’

गरिब किसानले गहुँ खेतीका लागि चाहिने मल बिउ खरिद गर्न दैनिक समस्या समाधान गर्न पनि छिट्टै धान बिक्री गर्नुपरेको जगरनाथपुर गाउँपालिकाकै अर्का किसान महमुद अन्सारीले बताए।

‘एक त समयमा सरकारले मलखाद दिँदैन, त्यसमा पनि दुःख गरेर उत्पादन गर् यो उचित मूल्य पाइँदैन,’ उनले भने, ‘सरकारले खरिद गर्छ भनेर सुनेको छु तर खोइ अहिलेसम्म खरिद गरेको छैन, ब्यापारीले नै प्रति क्विन्टल २४ सय रुपैयाँमा धान खरिद गरिरहेका छन्।’

सरकारले अहिलेसम्म पनि धान खरिद नगर्दा खाद्य व्यवस्था तथा व्यापार कम्पनीको कार्यालयदेखि जिल्ला प्रशासनसम्म गएर पहल गर्दा पनि सुनुवाइ नभएको किसान हकहित संघर्ष समिति पर्साका अध्यक्ष सहरूम गदीले बताए।

‘किसानको धान खरिद गर्न सरकारले प्रति क्विन्टल ३१ सय ६५ मूल्य तोकेको छ तर ब्यापारीले २४ सयमै खरिद गरेर किसानलाई लुटिरहेका छन्,’ उनले भने, ‘यस्ता किसानमारा व्यापारीलाई नियन्त्रण गर्नुपर् यो र किसानको धान चाँडै खरिद गर्नुपर् यो।’

यता, खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको कार्यालय वीरगञ्ज भने किसानको धान खरिद गर्नेबारे हालसम्म कुनै किसिमको सूचना नआएकाले धान खरिद गर्न नसकिएको बताउँछ।

मन्त्रालयबाट निर्देशन पाएलगत्तै धान खरिद प्रक्तिया अघि बढाउने वीरगञ्जस्थित कम्पनीका सूचना अधिकारी समीर दाहालले जानकारी दिए।
‘हामी किसानको धान खरिद गर्न पूरै तयारी अवस्थामा छाँै, माथिबाट सूचना आउनेबित्तिकै खरिद गर्छाैं,’ उनले भने।

 

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’