एक प्रतिशतभन्दा कम छ कोरोनाको संक्रमणदर

एक प्रतिशतभन्दा कम छ कोरोनाको संक्रमणदर
+
-

विश्वभरि कोरोना संक्रमण घट्दै गएको अवस्थामा पनि विश्वका केही भौगोलिक क्षेत्रमा कोरोना संक्रमणले निकै उग्ररुप लिइरहेको छ भन्ने कुरा यसअघिका अंकमा पनि उल्लेख भइसकेको छ।

पछिल्लो समय कोरोना संक्रमण अत्यधिक बढिरहेको क्षेत्र पश्चिमी प्यासिफिकबाहेक अमेरिकी क्षेत्र पनि हो। अमेरिकी क्षेत्र भन्नाले उत्तर तथा दक्षिण अमेरिका (अमेरिकाज)मा हाल विश्व दैनिक कोरोना संक्रमण केही बढ्न खोजेको देखिन्छ।

पछिल्लो समय विश्वमा सबैभन्दा धेरै दैनिक संक्रमण र मृत्यु देखा परिरहेको देश जापान बनेको छ। जापानमा पछिल्लो समय हालसम्मकै सबैभन्दा दोस्रो ठूलो  कोरोना प्यान्डेमिक लहर चलिरहेको छ।

यसै वर्षको अगस्टतिर त्यहाँ हालसम्मकै सबैभन्दा ठूलो लहर देखा पर्दा दैनिक करिब २००००० जति संक्रमण भेटिएको थियो। त्यसपछि त्यहाँ  दैनिक संक्रमण केही नियन्त्रित भई करिब दुई महिनाअघिसम्म दैनिक करिब २००००-२५००० जतिमा झरेको थियो। हाल त्यहाँ फेरि संक्रमणमा निकै वृद्धि भई दैनिक १२५००० नाघेको छ।

त्यति मात्र नभई त्यहाँ हाल कोरोना मृत्युको पनि ठूलै लहर चलिरहेको छ। हालसम्मकै सबैभन्दा धेरै दैनिक कोरोना मृत्यु करिब ३५० पुगेको जापानमा पछिल्लो समय करिब २४० पुगेको छ। यसरी जापानमा पछिल्लो समय विश्वको कुल दैनिक कोरोना संक्रमणको करिब ३०% र कुल दैनिक मृत्युको करिब २५% देखा परिरहेको छ।

यो तथ्यले के देखाउँछ भने विश्वमा कोरोना महामारी हाल पनि जारी छ र यसले कहिले कहाँ र कसरी आफ्नो आतंक फैलाउँछ अझै निश्चित छैन।

यसै सेरोफेरोमा नेपाल र विश्वको कोरोना प्यान्डेमिकको साप्ताहिक विश्लेषण गर्ने क्रममा पछिल्लो विश्लेषण विभिन्न स्रोतबाट प्राप्त तथ्यांकको आधारमा तल देखाइएबमोजिम प्रस्तुत गरिएको छ।

यस लेखमा उधृत गरिएका तथ्यांक विभिन्न श्रोतबाट लिइएका हुन् जस्तै नेपाल सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय (MOHP), जोन्स होप्किन्स विश्वविद्यालय (Johns Hopkins University), WHO, वर्लडोमिटर (Worldometer), आवर ओर्ल्ड इन डाटा (Our World in Data), सार्क डिजास्टर म्यानेजमेन्ट सेन्टर (SAARC Disaster Management Center, SDMC)आदि। यस लेखको उद्देश्य कोरोनासम्बन्धी तथ्यांकलाई सही रुपमा पस्की विश्व र नेपालको प्यान्डेमिकको सही चित्रलाई पाठकसमक्ष पुर्‍याउनु हो।

विश्वमा कोरोना प्यान्डेमिक तल–माथि हुने क्रममा दक्षिण एसियामा पछिल्लो अवस्थामा कोरोना संक्रमण कम हुँदै जाने क्रम जारी छ।

हाल दक्षिण एसियामा दैनिक कोरोना संक्रमण अझै घट्दो छ।दक्षिण एसियाको पछिल्लो करिब एक महिना, सन्२०२२ नोभेम्बर १५ देखि डिसेम्बर ७ (२३ दिन)को कोरोना प्यान्डेमिकसम्बन्धी तथ्यांकको विश्लेषण चित्र न. १मा देखाइएको छ।

पछिल्लो अवास्थामा दक्षिण एसियामा समग्र कोरोना संक्रमण निकै न्यून छ र औसतमा दैनिक करिब५००भन्दा कम संक्रमण देखिने गरेको छ।

त्यस्तै दक्षिण एसियामा पछिल्लो समय दैनिक मृत्यु पनि क्रमशः घट्दै गएको देखिएको छ। पछिल्लो समय दक्षिण एसियामा समग्रमा औसत दैनिक करिब ५ भन्दा कम मृत्यु देखिने गरेको छ।

नेपालको दैनिक नयाँ संक्रमण

सन् २०२२ डिसेम्बर ४ देखि १० (बि.सं २०७९ मंशिर १८ देखि २४)जम्मा ७ दिनको नेपालभरिको दैनिक परीक्षण र नयाँ संक्रमणको प्रबृत्ति चित्र  न. २ मा प्रस्तुत गरिएकोछ। यस लेखमा पीसीआर परीक्षणलाई मात्रै गन्ती गरिएको छ। नेपाल सरकारबाट प्राप्त तथ्यांक हेर्ने हो भने गत हप्ताको सात दिन, मंसिर २४ गते शनिबारसम्म,देशभरि जम्मा २१ जना नयाँ संक्रमित थपिई जम्मा संक्रमितको संख्या १०००९३० पुगेको छ। दुई र तीन हप्ताअघि साप्ताहिक कुल संक्रमण संख्या क्रमशः २८ र २६ थियो।

त्यस्तै चित्र न.२ ले नेपालको गत हप्ताको दैनिक कोरोना संक्रमण दरको प्रबृत्ति पनि देखाएको छ। गत हप्ता दैनिक संक्रमण दर अर्थात् पोजिटिभिटी दर न्यूनतम ०.२५% देखि अधिकतम १.६८% सम्म रही साताभरिको औसत पोजिटिभिटी दर०.८४%रह्यो जुन दुई र तीन हप्ताअघि क्रमशः ०.८८% र० .६%थियो।

गत हप्ता पनि नेपालमा कोरोना मृत्यु  शून्य रह्यो र हालसम्मको देशको जम्मा कोरोना मृत्यु १२०१९ पुगेको छ। गत हप्ता देशभरि जम्मा२४८८पीसीआर परीक्षण गरियो जुन संख्या दुई हप्ताअघि ३२८४ थियो।

संक्षेपमा,पछिल्लो समय विश्वमा कोरोना संक्रमण अझै पनि ठूलै संख्यामा देखिंदै आएको छ, विशेष गरी अमेरिका, केही युरोपेली देश तथा पूर्बी एसियामा। अर्कोतिर दक्षिण एसियाको समग्र  दैनिक कोरोना संक्रमणमा भने निकै कमी आएको छ। दैनिक कोरोना मृत्युको प्रबृत्ति पनि पछिल्लो समय घट्दै गएको देखिन्छ।

नेपालमा गत हप्ता,बि.सं २०७९ मंसिर १८ देखि २४, साप्ताहिक नयाँ कोरोना संक्रमण केही साताको जस्तै निकै कम देखिन्छ।गत हप्ता औसत साप्ताहिक संक्रमण दर पनि न्यून देखिन्छ र मृत्यु पनि शून्य रह्यो।

स्मरण रहोस्, पछिल्लो समय कोरोना संक्रमणमा विश्वब्यापी र देशब्यापी निकै कमी आइसके पनि उन्मूलन भने भइसकेको छैन।

प्यान्डेमिककालमा कोरोना संक्रमण कहाँ र कसरी बढ्छ त्यसको कुनै निश्चित अड्कल छैन जुन कुरा हाल विश्वका विभिन्न देशमा चलिरहेको पछिल्लो लहरले पनि पुष्टि गर्छ। तसर्थ कोरोना संक्रमण घटेको छ भन्दैमा होसियारी र सतर्कता नअपनाउनु ठूलो गल्ती साबित हुन सक्छ।

तथ्यांकले जेसुकै देखाए पनि प्यान्डेमिकको यथार्थलाई एक पटक फेरि आत्मसात् गर्नुपर्ने बेला आएको छ। हरेक व्यक्तिले भौतिक दूरी कायम गर्ने, मास्क लगाउने, हात राम्ररी धुने, अनाबश्यक भीडभाड नगर्ने आदि साबधानीका कुरा कडाइसाथ अपनाउनुपर्ने देखिन्छ। पछिल्लो समय अन्य देशमा संक्रमण फेरि बढ्ने प्रबृत्ति देखिएको बेला नेपालमा पनि त्यसो नहोला भन्न सकिँदैन।

यस लेख नेपालमा साप्ताहिक रुपमा प्यान्डेमिक हेर्ने ऐनाको  रुपमा प्रस्तुत  गरिएको छ। यस लेखमा नेपाल र विश्वमा प्यान्डेमिकबारे तथ्यांकले जे देखाउँछ त्यही कुरालाई सरल रुपमा प्रस्तुत गरिएको छ। प्रस्तुत गरिएका कुरालाई कसरी बुझ्ने र लिने आ-आफ्नो बुझाइ हो। जे भए पनि प्यान्डेमिकबिरुद्धको हाम्रो लडाईं जारी छ, होशियारीपूर्बक यसको सामना गर्नु नै बुद्धिमानी हुनेछ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?