वीरगञ्ज – भारतबाट तस्करी गरि ल्याइएको पाँच ३ सय ११ बोरा अबैध चामल प्रहरीले नियन्त्रणमा लिएको छ। पर्साको छिपहरमाई गाउँपालिका–५ भिष्वा बजारबाट उक्त परिमाणको चामल प्रहरीले नियन्त्रणमा लिएको हो।
बजारमा रहेको बिसमिल्ला मियाको घरमा फिरोज मिस्त्रीले भाडामा लिएको गोदाम भित्र सृष्टि नामको चामल भन्सार छली गरी ल्याई भण्डारण गरी राखेको सूचनाको आधारमा प्रहरी चौकी भिष्वा, सशस्त्र प्रहरी र वीरगञ्ज भन्सार कार्यालयको अधिकृत खगेन्द्र साहको संयुक्त टोलीले बुधबार गोदाममा छापा मारेको थियो।
गोदाम भित्रबाट टोलीले २० केजी दरको ३ सय ११ बोरामा रहेको ६ हजार २ सय २० किलो भारतीय चामल बरामद गरेको पर्साका प्रहरी प्रबक्ता दीपक गिरीले जानकारी दिए। नियन्त्रणमा लिइएको चामलको मुल्य पाँच लाख बराबरको रहेको तथा आवश्यक कारवाहीको लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको गिरीले बताए ।

                                                                                                                    
                            
                            
                            
                            
                            
भर्खरै
लोकप्रिय
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                
                




















 





































































 







































 

































































