वीरगञ्ज- परपुरुषसँग लागेको शंकामा पर्साको वीरगञ्जमा आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा उनका श्रीमान र देवरलाई प्रहरीले पक्राउ गरेको छ।
श्रीमतीको हत्या अभियोगमा वीरगञ्ज महानगरपालिका-२७ जसौली टोलका ३४ वर्षीय कुशल दास र उनका २८ वर्षीय भाइ भरत दासलाइ पक्राउ गरेको गरिएकाे हाे।
गत मंगलबार मध्यराति भरतकी श्रीमती ३० वर्षीय रिन्कु देवीको शव उनकै घर अगाडि टाउको किचिएको अवस्थामा फेला परेको थियो।
प्रहरीले शव नियन्त्रणमा लिइ अनुसन्धान गर्दा रिन्कुका श्रीमान कुशलले परपुरुषसँग लागेको शंकामा उनलाई हत्केलामा करेन्ट लगाइ हत्या गरेको खुलेको प्रहरीले जनाएको छ।
हत्यापश्चात् दुर्घटना देखाउनका लागि कुशलले आफ्नो भाइ भरतलाई बोलाएर ना ३ च ६२४७ नम्बरको बोलेरो गाडीले रिन्कुको शवलाई किचेर गाडीमा लुकाएको पर्साका प्रहरी प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक दीपक गिरिले जानकारी दिए।
घटना पछि कुशल र भरतलाई पक्राउ गरी वीरगञ्ज-१७ मा रहेको शिवम ह्याचरीभित्र लुकाइ राखेको अवस्थामा गाडी समेत बरामद गरिएको उनले बताए।
शवलाई परीक्षणको लागि नारायणी अस्पतालमा राखिएको तथा घटनासम्बन्धी थप अनुसन्धान जारी रहेको गिरिले बताए।

                                                                                                                    
                            
                            
                            
                            
                            
भर्खरै
लोकप्रिय
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                
                




















 





































































 







































 

































































