वीरगञ्ज – बारा प्रहरीले २४ किलो प्रतिबन्धित गाँजा नियन्त्रणमा लिएको छ। पचरौता नगरपालिका–३ भठी बैरियामा गस्ती गर्नेक्रममा नम्बर नखुलेको मोटरसाईकलमा सवार दुई जनाले गाँजा लिएर जाँदै गरेको अवस्थामा प्रहरीलाई देखेपछि गाँजाको बोरा फालेर फरार भएका थिए।
बोरा खोलेर प्रहरीले हेर्दा बोराभित्रबाट तीन वटा पोकामा रहेको २४ किलो गाँजा बरामद गरिएको बाराका प्रहरी प्रबक्ता राजेश थापाले जानकारी दिए । गाँजालाई ईलाका प्रहरी कार्यालय सिम्रौनगढमा राखिएको तथा गाँजा तस्करको खोजी कार्य भईरहेको थापाले बताए।

                                                                                                                    
                            
                            
                            
                            
                            
भर्खरै
लोकप्रिय
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                
                




















 





































































 







































 

































































