वीरगन्ज- नाबालिकालाई जबरजस्ती करणी गरेको आरोपमा बाराको निजगढ नगरपालिकाका एक वडाध्यक्षलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
जबरजस्ती करणीको आरोपमा प्रहरीले निजगढ नगरपालिका-२ का वडाध्यक्ष राजु श्रेष्ठलाई नियन्त्रणमा लिएको हो।
१४ वर्षीया नाबालिकालाई जबरजस्ती करणीको आरोप लागेका श्रेष्ठ आइतबार राति ८ बजे आफैँ प्रहरीमा उपस्थित भएको इलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक सन्जिव ओलीले जानकारी दिए।
श्रेष्ठलाई प्रहरी नियन्त्रणमा राखी थप अनुसन्धान भइरहेको ओलीले बताए।
उनीमाथि आफ्नै वडाकी एक नाबालिकालाई जबरजस्ती गरेको आरोप छ। हालसम्म फरार रहँदै आएका अध्यक्ष श्रेष्ठले नाबालिकलाई घरमा बोलाएर जबरजस्ती करणी गरको आरोपमा गत २०७९ आश्विन २५ मा इलाका प्रहरी कार्यालय, निजगढमा उजुरी परेको थियो।
श्रेष्ठले १४ वर्षकी नाबालिकालाई असोज १९ गते आफ्नै घरमा बोलाइ जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले मुद्दा दर्ता गरेको थियो।

भर्खरै
लोकप्रिय






































































































































































































