पर्सामा बोक्सीको आरोपमा महिलामाथि निर्घात कुटपिट

पर्सामा बोक्सीको आरोपमा महिलामाथि निर्घात कुटपिट
+
-

वीरगञ्ज – बोक्सीको आरोपमा पर्साको जगरनाथपुर गाउँपालिकाकी एक दलित महिलामाथि निर्घात कुटपिट भएको छ।

जगरनाथपुर गाउँपालिका–३ खलुचडी बस्ने ६० वर्षीया सुदामा देवी चमइनलाई सोही स्थानका चार जनाले निर्घात कुटपिट गरेका हुन्।

आइतबार बेलुका ७ बजेतिर आफ्नै घरमा आगो तापेर बसिरहेका बेला सुदामा देवीलाई सोही स्थान बस्ने नबी आलम राउत गदी, रैफुल मास्टर राउत गदी, बासदेव महरा चमार र सुरेश महरा चमारले कुटपिट गरेको पीडितका छोरा प्रभु महराले जानकारी दिए।

पहिलेदेखि नै आफ्नी आमालाई उनीहरुले बोक्सीको आरोप लगाउँदै आएको उनले बताए। उनीहरुले मलमुत्रसमेत खुवाउने प्रयास गरेपछि गाउँलेले उद्धार गरेको महराले बताए।

क‍ुटपिटबाट घाइते सुदामा देवीको घाँटी, हातखुट्टालगायतमा चोट लागेको तथा उनको नारायणी अस्पतालमा उपचार भइरहेको परिवारजनले बताएका छन्।

कुटपिटमा संलग्न रहेका चारै जनाविरुद्ध प्रहरीमा उजुरी दिएको महराले बताए। कुटपिटमा संलग्न भएका चारै जना गाउँ छाडेर फरार भएका छन्।

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’