छुट्टाछुट्टै सवारी दुर्घटनामा बारामा दुई जनाको मृत्यु, दुई घाइते

छुट्टाछुट्टै सवारी दुर्घटनामा बारामा दुई जनाको मृत्यु, दुई घाइते
+
-

वीरगञ्ज – बारामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।

बाराको जितपुर सिमरा उपमहानगरपालिका–२ मा जितपुरबाट पथलैयातर्फ जाँदै गरेको ना २० प ७१६४ नम्बरको मोटर साइकललाई ना ७ ख ४२३७ नम्बरको ट्रेलरले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको हो।

ट्रेलरको ठक्करबाट मोटरसाइकल चालक जितपुर सिमरा–१ बस्ने २४ वर्षका मनोज मल्लिकको मृत्यु भएको प्रहरीले जनाएको छ। ट्रेलरको ठक्करबाट घाइते भएका उनको बुधबार राति साढे ११ बजे ज्यान गएको हो। ठक्कर दिने ट्रेलर र चालक बाराको परवानीपुर गाउँपालिका–३ बस्ने सर्फु आलमलाई प्रहरीले पक्राउ गरेको छ।

यस्तै, जितपुर सिमरा–१६ पसाहा पुलनजिकै ग २ च ४४१३ नम्बरको स्कार्पियो जिपले दुई जना सवार साइकल र प्र–२–०३–००२ प ४५८७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।

स्कार्पियोको ठक्करबाट मोटरसाइकल चालक सोही स्थान बस्ने ४० वर्षका राजेन्द्र माझीको उपचारको क्रममा सिमराको अल्पाइन अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा साइकलमा सवार सोही स्थानकी २८ वर्षीया रुपा आले र २९ वर्षीया सोनिया योन्जन घाइते भएको बाराका प्रहरी प्रवक्ता राजेश थापाले जानकारी दिए।

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’