वीरगञ्ज – पर्साको बहुदरमाई नगरपालिकामा रहेको तिलावे खोलामा छठ पूजा गर्ने घाटको ढलान खस्दा एक युवकको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।
शुक्रबार दिउँसो साढे दुई बजे ढलान गरेको भर्याङको सेटिङ खोल्ने क्रममा भत्किँदा बहुदरमाई नगरपालिका–५ भौराटार बस्ने २१ वर्षीय राजा मण्डलको मृत्यु भएको प्रहरीले जनाएको छ।
भर्याङले किचेर वडा नम्बर ५ पटनी टोल बस्ने ३५ वर्षीय अमर महतो घाइते भएका छन्। दुबै जना घाइतेहरुलाई उद्धार गरी उपचारको लागि नारायणी अस्पताल पठाइएकोमा मण्डलको मृत्यु भएको पर्साका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक गिरीले जानकारी दिए।
घाइते महतोको नारायणी अस्पतालमै उपचार भइरहेको तथा घटनाको समबन्धमा थप अनुसन्धान भइरहेको गिरीले बताए।

भर्खरै
लोकप्रिय






































































































































































































