सिर्सिया नदीमा फोहोर पानी हाल्ने उद्योगलाई कारबाही गरिने

सिर्सिया नदीमा फोहोर पानी हाल्ने उद्योगलाई कारबाही गरिने
+
-

वीरगञ्ज – वीरगञ्ज महानगरपालिकाको सिर्सिया नदीमा फाेहोर पानी मिसाउने उद्योगलाई कारबाही गरिने भएको छ।

नदी सफा र व्यवस्थित गर्नेबारे वीरगञ्ज महानगरपालिकाका उपप्रमुख इम्तियाज आलम र बाराको जितपुर सिमरा उपमहानगर प्रमुख राजन पौडेलबीच छलफल भएको छ।

छलफलमा उद्योगले निर्देशन पालना नगरे कारबाही गर्नेबारे छलफल भएको थियो। वीरगञ्ज पथलैया औद्योगिक कोरिडोरअन्तर्गत पर्सा र बाराका दर्जनभन्दा बढी उद्योगले सिर्सिया नदीमा सीधै फोहोर पानी मिसाउने गरेकाले नदी दशकौँदेखि प्रदूषणको सिकार बनेको छ।

नदी सफा गर्न वीरगञ्ज महानगरले उपप्र्रमुख अनुगमन समिति नै बनाएर सफाइ अभियान चलाएको छ।

सोही अभियानअन्तर्गत नदीमा पर्सा र बाराका उद्योगले फाल्दै आएको फोहोर फाल्न नदिन तथा उद्योगबाट निस्किने फोहोर पानी प्रशोधन गरेर मात्र नदीमा मिसाउन उद्योगलाई चेतावनी दिनेबारे छलफल भएको थियो।

छलफलमा वीरगञ्ज महानगर उपप्रमुख एवं सिर्सिया नदी सरसफाइ अभियानका संयोजक इम्तियाज आलम जितपुर सिमरा उपमहानगर प्रमुख राजन पौडेल, उपप्रमुख भोला अधिकारी, नापी कार्यालय पर्साका प्रमुख नारायण श्रेष्ठ, नारायणी सिँचाइका डिभिजन इञ्जिनियर अकलाख सिद्धिकी, वीरगञ्ज उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष अनिल अग्रवाल, इलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायव उपरीक्षक युवराज तिमल्सिना, वीरगंज महानगरका वन तथा वातावरण महाशाखा प्रमुख देवेन्द्र चौधरी, वातावरण निरीक्षक प्रदिप साहलगायत सहभागी थिए।

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’