वीरगञ्ज – कक्षामा सधैँ प्रथम आएपछि १६ वर्षीय किशोरलाई उनकै चार जना साथी मिलेर अपहरण गरेका छन्।
वीरगञ्ज महानगरपालिका–१६ बस्ने १६ बर्षीय किशोरलाई उनकै चार जना साथी मिलेर अपहरण गरेको पर्सा प्रहरीले जनाएको छ।
गत शनिबार बिहान साढे पाँच बजे आफ्नै आँगनको धारामा हात धोइरहेको बेला किशोरसँगे अध्ययन गर्ने चार जना नाबालकले अपहरण गरी कम्बलले छोपी मुखमा कपडा कोची बोल्न कराउन नदिई घर छेउको सुनसान खाली चौरमा लगी मुखमा गलबन्दी, पन्जा तथा रूमाल कोचेर केबलको तारले मुखको कपडा नखुस्कियोस् भनेर खुट्टा र दुवै हात पछाडि फर्काएर बाँधेर राखेका थिए।
खोजतलासको क्रममा प्रहरीले अपहृत किशोरको उद्धार गरेको पर्साका प्रहरी प्रबक्ता एवम् प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए।
पक्राउ परेका चारैजना नाबालकहरुले सँगै पढने र कक्षामा सधै प्रथम भएकोले रिस, द्वेष र डाह गरेर किशोरलाई अपहरण गरेको भनेर खुलेको गिरीले बताए ।
प्रहरीले घटनास्थलबाट रूमाल, केवलको कालो तारका टुक्राहरू, पञ्जा, गलबन्दी र कम्बल समेत बरामद गरेको छ ।
पक्राउ परेका चारै जना नाबालकलाई अदालतबाट अपहरण तथा शरीर बन्धक कसूरमा ६ दिनको म्याद थप गराई अनुसन्धान भईरहेको प्रहरी नायब उपरीक्षक गिरीले बताए ।अभियुक्त नाबालक रहेकाले उनीहरुको नाम भने प्रहरीले सार्बजनिक गरेको छैन।

भर्खरै
लोकप्रिय






































































































































































































