श्रीमानलाई जेलबाट छुटाइदिन्छु भन्दै वेश्यावृतीमा लगाउने होटेल म्यानेजरसहित तीन जना पक्राउ

श्रीमानलाई जेलबाट छुटाइदिन्छु भन्दै वेश्यावृतीमा लगाउने होटेल म्यानेजरसहित तीन जना पक्राउ
+
-

वीरगञ्ज – कारागारमा जेल जीवन विताइरहेको श्रीमानलाई छुटाइ दिने र एक रातमा चार हजार कमाइ हुने भन्दै महिलालाई वेश्यावृतीमा लगाएको आरोपमा वीरगञ्जबाट एक होटेल म्यानेजरसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।

प्रहरीले वीरगञ्ज- १५ मा रहेको होटेल रानीपोखरीका म्यानेजर वीरगञ्ज- ८ निवासी अनिलकुमार अरोडा, होटेलमै वेटरको काम गर्ने महोत्तरी गौशाला नगरपालिका- ११ बस्ने रमेशकुमार श्रेष्ठ र लम्जुङ राईनास नगरपालिका- ४ बस्ने डोलनाथ कट्टेललाई पक्राउ गरेको हो।

होटलमा मानव वेचविखन तथा ओसार पसार जन्य कार्य भैरहेको सूचनाको आधारमा गत आइतबार पर्सा प्रहरीले होटेलमा छापामारी गरेको थियो।

सो क्रममा पक्राउ परेका डाेलनाथ बारा घर बताउने २५ वर्षकी महिलासँग होटेलको १०८ नम्बर कोठामा आपतिजनक अवस्थामा भेटिएका थिए।

उनीहरूलाई नियन्त्रणमा लिएर महिला सित सोधपुछ गर्दा ती महिलाले होटेल म्यानेजर र वेटरले कारागारमा रहेका आफना श्रीमानलाई छुट्टाइ दिने र एक रातको चार हजार कमाइ हुने भनी प्रलोभन देखाइ चाहना बिपरित वेश्यावृती गर्न वाध्य बनाएको भनी ती महिलाले बताएको पर्साका प्रहरी प्रबक्ता एवं प्रहरी नायब उपरीक्षक दिपक गिरिले जानकारी दिए।

पक्राउ परेका तीनै जनालाई उक्त कार्य मानव बेचविखन तथा ओसार पसार सम्बन्धिको कसूरमा अदालतबाट पाँच दिनको म्याद थप गराइ अनुसन्धान भइरहेको गिरिले बताए।

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’