पप्पुसहित आधा दर्जन क्रसर प्रशासनद्वारा बन्द

पप्पुसहित आधा दर्जन क्रसर प्रशासनद्वारा बन्द
+
-

वीरगञ्ज – पर्सामा रहेका ६ वटा क्रसर उद्योगलाई प्रशासनले कारबाही गरेको छ। जिल्ला प्रशासन कार्यालयले जिल्लामा सञ्चालित क्रसर उद्योगको अनुगमनका क्रममा ६ वटा क्रसर उद्योगलाई कारबाहीको दायरामा ल्याएको हो। हालका लागि अनुगमन गरिएका पर्सामा रहेका ६ वटा क्रसर उद्योग बन्द गराइएको पर्साका प्रहरी प्रवक्ता दीपक गिरीले जानकारी दिए।

बन्द गराइएका क्रसर उद्योगमा पप्पु कन्स्ट्रकसन गिटी बालुवा उद्योग, बिसमिल्लाह क्रसर उद्योग, गंगा बालुवा उद्योग, यादव क्रसर उद्योग, सत्यम शिवम बालुवा उद्योग, जय नेपाल बालुवा उद्योग रहेको गिरीले बताए।

जिल्लामा रहेका सबै क्रसर उद्योग बन्द गराएर आवश्यक कागजात नपुगेको क्रसर उद्योगलाई कागजात पेस गर्न निर्देशन पनि दिइएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी महेशराज तिम्सिनाले जानकारी दिए।

उनले ती पर्सामा रहेका क्रसर उद्योग घरेलु तथा साना उद्योग कार्यालयमा मात्रै दर्ता भएको तथा जिल्ला समन्वय समितिमा दर्ता नभएकाले त्यस्ता क्रसर उद्योगलाई तत्कालै कागजात लिएर आउन भनिएको बताए।

दर्ता नभएका क्रसर उद्योगसँगै पर्सामा सञ्चालित अन्य सबै क्रसर उद्योगलाई बन्द गर्न निर्देशन गरी सूचनासमेत प्रकाशन गरिसकिएको तिम्सिनाले बताए। साथै, निरन्तर रूपमा आगामी दिनमा पनि अनुगमनलाई निरन्तरता दिनुका साथै प्रहरी कार्यालयलाई जिल्लामा रहेका सबै क्रसर बन्द गर्न निर्देशन दिइएको उनले बताए।

गृह मन्त्रालयले देशका ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई जिल्लामा रहेका अवैध क्रसर उद्योग तत्काल बन्द गराउन निर्देशन दिएपछि पर्सामा पनि क्रसर उद्योगमाथि प्रशासनले अनुगमन गर्दै आएको छ।

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’