वीरगञ्ज – पर्सा जिल्लामा एक महिनाभित्र १ सय ९ स्थानमा सिसिटभी क्यामेरा जडान गरिएको छ। जिल्ला प्रहरी कार्यालय पर्साले शुक्रबार पत्रकार सम्मेलन गरि दिएको जानकारीअनुसार जिल्लाको सदरमुकाम वीरगञ्ज महानगरपालिकासहित विभिन्न स्थान गरी १ सय ९ वटा सिसिटिभी क्यामेरा जडान गरिएको हो।
अपराध नियन्त्रण तथा अनुसन्धानका लागि वीरगञ्ज महानगरपालिकाको १२ स्थानमा पुस महिनाभित्र सिसिटिभी क्यामेरा जडान गरिएको हो। सिमावर्ती क्षेत्रमा आवश्यकताअनुसार चेकजाँचमा बृद्धि गर्नुका साथै अपराध नियन्त्रणको लागि नाकाहरुमा तालिम प्राप्त कुकुरसहित बिभिन्न स्थानमा चेकजाँच भइरहेको पर्साका प्रहरी उपरीक्षक कोमल शाहले जानकारी दिए।
यसैगरी, भारतबाट कोरोना संक्रमित भित्रिन नदिन हरेक दिन नाकामा दुई घण्टा कोरोना परीक्षणसमेत भइरहेको उनले बताए।

भर्खरै
लोकप्रिय






































































































































































































