वीरगञ्जमा माघी महोत्सवमा थारूसँगै भोजपुरी, नेवारी तथा अन्य समुदायको पनि खाना स्टल (फोटो फिचर)

 वीरगञ्जमा माघी महोत्सवमा थारूसँगै भोजपुरी, नेवारी तथा अन्य समुदायको पनि खाना स्टल (फोटो फिचर)
+
-

वीरगञ्ज – वीरगञ्जमा आइतबार आयोजना गरिएको माघी महोत्सवमा थारु समुदायसँगै अन्य समुदायका रीति सँस्कृति,खानाका स्टल राखिएको थियो। वीरगञ्जको आदर्शनगरमा रहेको पुरानो बसपार्कस्थित आयोजना गरिएको माघी महोत्सवमा यसपालि थारु समुदायसँगै अन्य समुदायको खानाको परिकारका स्टल, रीति संस्कृतिहरु झल्काइएको थियो।

यसअघि बितेका वर्षमा वीरगञ्जमा माघी मूल समारोह समितिले आयोजना गर्दै आएको महोत्सवमा भने थारु समुदायकै खाना थारु समुदायको परम्परागत खानाका परिकार जस्तैः माछा, घोंगी, केकडा ( गंगटो), हाँस, कुखुरा, परेवालगायत परिकारको स्टल मात्रै राखिँदै आएकोमा यसपालि अन्य समुदायका खानाका परिकारको स्टलसमेत राखिएको थियो।

महोत्सवमा भोजपुरी, नेवारी, मारवाडी र मैथिल समुदायका खानाका परिकारको स्टलका साथै ती समुदायका रीति संस्कृतिसमेत झल्काइएको थियो।
नेवार समुदायको खाना माघी महोत्सवमा राखिएकोमा खुसी लागेको नेवार वीरगञ्ज महानगर समितिकी सदस्य प्रतिज्ञा वैद्यले बताइन्।

माघी महोत्सवमा भोजपुरी समुदायको पनि खाना राखिएको थियो। भोजपुरी समुदायमा खाइने दही–चिउरा, तिलको लडुलगायते खानाका परिकार राखिएकोले माघी महोत्सव अहिले भोजपुरी समुदायको महोत्सवजस्तै लागेको महोत्सवमा भोजपुरी समुदायको खाना स्टलकी आयोजक कनिका कौशिकले बताइन्।

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’