जहिले जनशक्ति तथा उपकरण अभावको मार खेपिरहन्छ मेची अस्पताल

जहिले जनशक्ति तथा उपकरण अभावको मार खेपिरहन्छ मेची अस्पताल
+
-

झापा – सरकारी अस्पतालहरूमा प्रदेश १ को दोस्रो ठूलो अस्पतालमा जनशक्तिको अभाव भइरहने नयाँ विषय त होइन । तर, जनशक्ति अभावकै कारण गुणस्तरीय सेवा पाउनबाट पूर्वका हजारौं सर्वसाधारण जनता बञ्चित भएका छन् ।

एक सयभन्दा बढी शय्याको मेची अस्पतालमा दरबन्दी अनुसारका चिकित्सक तथा अन्य कर्मचारीको व्यवस्थापन सरकारले गर्न नसक्दा लाखौँ जनता त्यस्को प्रत्यक्ष मारमा परेका छन् ।

उक्त अस्पतालमा मुटुरोगी, मिर्गौलारोगी तथा मानसिक रोगीहरूको उपचार संभव छैन । दरबन्दी भएपनि चिकित्सकको व्यवस्थन हुन नसकेको अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. टंक बराकोटी बताउँछन् ।

बराकोटी भन्छन्, ‘भौतिक संरचनासहित जनशक्ति भएनन् भने गुणस्तरीय सेवा कहाँ दिन सकिन्छ र । तर प्रदेश सरकारले जनशक्ति व्यवस्थापनका लागि चासो देखाएको छ । सायद केही समयमा व्यवस्थापन होला ।’

अन्य विशेषज्ञ सेवाहरूका लागिपनि छात्रवृत्तिमा आउने चिकित्सकलाई करार नियुक्ति गरेर अस्पताल सञ्चालन गर्नुपर्ने अवस्था रहेको बराकोटी बताउँछन् । छात्रवृत्तिमा आएका बालरोग विशेषज्ञ डा. रविन रेग्मीको करार अवधि सकिएकाले बालरोग सेवाका लागि विशेषज्ञ चिकित्सको अभाव भएको उनले बताए ।

विशेषज्ञ चिकित्सहरूको अभाव एकातिर छ भने अर्कोतिर स्टाफ नर्स, हेल्थ असिस्टेन्ट जस्ता कर्मचारी नपाएर मेची अस्पतालले हैरानी खेपिरहेको छ । मेडिकल सुपरिन्टेन्डेन्ट डा. बराकोटीका अनुसार प्रदेश सरकारलाई बारम्बार जनशक्ति अभावको विषय उठाइएको छ ।

उनले भने, ‘प्रदेश १ भरि नै कति जनशक्ति अभाव छ भनेर तथ्यांक संकलन गर्ने काम भइरहेको छ । छिट्टै व्यवस्थापन होला भनेर आशा गरेका छौँ ।’

प्रदेश सरकारले व्यवस्थपकीय जिम्मेवारी पाएको मेची प्रादेशिक अस्पतालमा स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन भएपछि सेवाग्राहीको चाप अझ बढ्दै गएको छ । अस्पतालमा दैनिक औसत आठ सय जनाले बहिरङ्ग सेवा लिने गरेका छन् ।

जनशक्तिको मार खेपिरहेको उक्त अस्पतालका उपकरण पनि धेरै पुराना भएकाले जनतालाई विश्वास लाग्ने किसिमका रिपोर्ट पनि दिन कठिनाइ भएको डा. बराकोटी बताउँछन् ।

उनले भने, ‘प्रयोगशालाका कतिपय उपकरण पुराना भए । अल्ट्रासाउन्ड गर्ने मेसिन पनि धेरै पुरानो भयो। नयाँ व्यवस्था गर्ने सकिएको छैन ।’

अस्पताल अब केही समयपश्चात नयाँ भवनमा सर्दैछ । तर भवन नयाँ भए पनि जनशक्ति तथा उपकरणको उचित व्यवस्थापन हुन नसके गुणस्तरीय उपचार सेवा दिन कठिन हुने चिकित्सकहरूको भनाइ छ ।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष