मिर्गौला प्रत्यारोपणमा सहयोग गरिदिन चित्रादेवीको याचना

मिर्गौला प्रत्यारोपणमा सहयोग गरिदिन चित्रादेवीको याचना
+
-

काठमाडौँ – बागलुङको जैमिनी नगरपालिका–१ पाही (हाल कुश्मीशेरा टार) स्थायी बसोबास गर्दै आएकी ४५ वर्षीया चित्रादेवीको जीवनरक्षाका लागि मिर्गौला प्रत्यारोपण गर्नुपर्ने भएपछि नाजुक आर्थिक अवस्थाका कारण परिवारले सबै महानुभावसँग सहयोगको याचना गरेको छ।

दुवै मिर्गौलाले काम गर्न छाडेपछि शिक्षण अस्पताल काठमाडौंमा भर्ना भएकी चित्रादेवी पाध्याको उपचारमा खर्च अभाव भएपछि बिरामीको परिवारले परोपकारी महानुभावसँग सहयोगको याचना गरेको हो।

मिर्गौला प्रत्यारोपणका लागि पूर्वतयारीमा रहन दैनिक डायलासिस, अन्य उपचार, औषधि तथा शय्याको खर्चमै हालसम्म ७ लाख रुपैयाँ सकिएको बिरामी चित्रादेवीका श्रीमान् नारायण दत्त (नवराज) पाध्याको भनाइ छ।

श्रीमतीका लागि उनी आफैं मिर्गौला दिएर बचाउन चाहन्छन्। सामान्य खेती किसान गरेर जीविकोपार्जन गर्दै आएका नारायण दत्तले श्रीमतीको जीवन बचाइदिन सक्दो आर्थिक सहयोगका लागि सबैसँग आग्रह गरेका छन्।

बिरामीलाई बचाउन मिर्गौला प्रत्यारोपण नै अन्तिम विकल्प रहेको उपचारमा संलग्न चिकित्सकले बताएको पाध्याको भनाइ छ।

केही वर्षअघि उनका भाइ नारायण पौडेलको पनि दुवै मिर्गौला काम नलाग्ने भएपछि मृत्यु भएको थियो। मिर्गौला प्रत्यारोपण गरेपछि पनि सफल हुन महँगो औषधि खानुपर्ने भएकाले बिरामीको परिवार चिन्तामा छ।

‘चिकित्सकले सबैतिरबाट चाँडो आर्थिक सहयोग जुटाएर तयारी अवस्थामा बस्न भनेका छन्। दुई महिनायता बिरामीको डाइलासिस, अन्य उपचार, औषधि र अस्पतालको बेड चार्जमै करिब ७ लाख सकियो,’ बिरामीका श्रीमान् पाध्याले भने, ‘दयालु महानुभावबाट सक्दो आर्थिक सहयोग भए श्रीमतीको जीवन बचाउन सकिन्छ भन्ने आशा र भरोसामा छौं।’ नाजुक आर्थिक अवस्थाका कारण निरुपाय भएपछि जीवन बचाउन सहयोगका लागि शुभेच्छुकसँग हात फैलाउनुको विकल्प नभएको नारायण दत्तले बताए।

मिर्गौला प्रत्यारोपणमा आर्थिक सहयोग गरी जीवनरक्षा गर्न बिरामीको बसोबास रहेको जैमिनी नगरपालिका र उपचाररत टिचिङ अस्पतालले समेत सिफारिस गरेको छ। बिरामीको जीवन बचाउन मानव धर्म सम्झेर देश विदेशमा रहेका शुभचिन्तकबाट खुला दिलले सहयोग भए पुनर्जीवन मिल्ने आशामा बिरामीको परिवार छ।

तीन छोरी र एक छोराकी आमा चित्रादेवीले केही गर्न सक्ने उमेरमै मिर्गौला फेल भई थला परेपछि आर्थिक अवस्था थप नाजुक बनेको छ। शुभेच्छुकले ग्लोबल आइएमई बैंकमा नारायण दत्त पाध्याको नाममा रहेको ०४५०७०१०००६७९५ खाता नम्बरमा सहयोग रकम जम्मा गरिदिन बिरामीको परिवारले आग्रह गरेको छ।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष