पुरानो रिसइबी साँध्न बालकको हत्या, दुई जना पक्राउ

पुरानो रिसइबी साँध्न बालकको हत्या, दुई जना पक्राउ
+
-

वीरगञ्ज – पुरानो रिसइबी र झगडाका कारण ९ वर्षीय बालकको हत्या गरेको आरोपमा रौतहट प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

प्रहरीले बालकको हत्या गरी शव लुकाउने रौतहटको माधवनारायण–८ पिपरा रजवाडा बस्ने ३३ वर्षीय जयराम महतो कोइरी र ३७ वर्षीय सञ्जय रामलाई पक्राउ गरेको हो।

गत मंसिर २५ गते माधवनारायण नगरपालिका–८ बस्ने जयकिशोर प्रसाद कुशवाहाका छोरा ९ वर्षका आशनारायण प्रसाद कुशवाहा आफ्नै घरबाट हराएका थिए। उनको शव हत्या गरिएको अवस्थामा सोही वडाको बागमती खोलाको किनारमा प्रहरीले फेला पारेको थियो।

अनुसन्धानको क्रममा जयराम र सञ्जयले बालकको परिवारसँगको झगडा र रिसइबीका कारण हत्या गरेको खुलेको रौतहटका प्रहरी प्रवक्ता  डिएसपी सुनिल मल्लले जानकारी दिए।

प्रहरीका अनुसार घटनाका दिन बालकलाई देखेपछि जयरामले सञ्जयसँग सल्लाह गरेर बदला लिने योजना बनाएका थिए। पछि बालक आशनारायणको मुख थुनी सोही स्थानमा रहेको छाप्रोभित्र लगेर हत्या गरी सोही छाप्रोमा त्रिपालले छोपेर शव लुकाएका थिए।

मंसिर २६ गते बालकको शव निकालेर बोरामा राखेर उक्त स्थानदेखि एक किलोमिटर टाढाको खेतमा रहेको परालको टालमा शव लुकाएर बालकको कपडा जलाएको प्रहरी अनुसन्धानमा देखिएको छ।

शंका नहोस् भनेर मंसिर २९ गते जयराम बालकका बुवासँगै बालकको खोजी गर्न पनि गएको प्रहरीले जनाएको छ। शव गनाउन थालेपछि उनीहरुले त्यही दिन राति १२ बजे शव बोरामा हालेर बागमती नदी किनारमा फालेको प्रवक्ता मल्लले जानकारी दिए।

बालकको हत्या अभियोगमा पक्राउ परेका दुबै जनालाई रौतहट प्रहरीले शुक्रबार सार्वजनिक गरेको छ। पक्राउ परेका दुबै जनालाई प्रहरी हिरासतमा राखी थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जानकारी दिएको छ।

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’