बारा प्रहरीले एकैदिन पक्राउ गर्‍यो ३३२ फरार प्रतिवादी

बारा प्रहरीले एकैदिन पक्राउ गर्‍यो ३३२ फरार प्रतिवादी
+
-

वीरगञ्ज – प्रहरीले बाराबाट एकैदिन ३ सय ३२ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ। विभिन्न अपराधमा अदालतबाट सजाय पाएर फरार रहँदै आएका उनीहरुलाई पक्राउ गरिएको हो।

अदालतको आदेश कार्यान्वयन गराउने क्रममा उनीहरुलाई पक्राउ गरिएको बारा प्रहरीले जनाएको छ।

पक्राउ पर्नेमा ६ वर्ष ५ महिना १० दिन कैद सजाय पाएका प्रतिवादी बारा कलैया उपमहानगरपालिका–१ बस्ने विजय दास, सात लाख रुपैयाँ जरिवाना तोकिएका बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पचरौता नगरपालिका–२ बस्ने एजाजुल हक अन्सारी, हातहतियार खरखजाना मुद्दामा २ वर्ष ११ महिना ६ दिन कैद सजाय पाएका निजगढ नगरपालिका–१ बस्ने बासु चौधरीलगायत छन्।

पक्राउ परेकामध्ये ३६ जनालाई तोकिएको सजाय भुक्तानको लागि कारागार कार्यालय वीरगञ्जमा पठाइएको बाराका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिए।

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’