पर्सा राष्ट्रिय निकुञ्जमा जरायो मारेको घटनाको अनुसनधान सकियो, कारवाही अघि बढाइँदै

पर्सा राष्ट्रिय निकुञ्जमा जरायो मारेको घटनाको अनुसनधान सकियो, कारवाही अघि बढाइँदै
+
-

वीरगञ्ज – पुस ४ गते पर्सा राष्ट्रिय निकुञ्जबाट हतियारसहित र मृत जरायो र जरायोको सिङसहित पक्राउ परेका पाँच जना त्यसैगरि सो घटनाबारे निकुञ्जले अनुसन्धान टुंगो लगाएको छ।

पक्राउ परेकाहरुसित बयान लिने तथा घटनाको समबनधमा अनुसनधान गर्ने कार्य सकिएको पर्सा राष्ट्रिय निकुञ्जले जनाएको छ।घटना भएको ४४ दिन बितिसकेको छ ऐनअनुसार निकुञ्जले पाएको ४५ दिनको अनुसन्धान गर्ने कार्य अन्तिम चरणमा पुगेको छ।

अब निकुञ्जले प्रतिबेदन तयार गरी कारवाही प्रक्रिया अघि बढाउने भएको छ। पक्राउ परेकाहरुको बिषयमा छानबिन गर्ने कार्य अन्तिम चरणमा रहेको पर्सा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत डाअशोक रामले जानकारी दिए।

‘हामी अनुसन्धानको अन्तिम चरणमा छौ, भोलि बिस्तृत बिबरण सार्बजनिक गर्छौं,’ उनले भने।

पुस ४ गते राति पर्सा राष्ट्रिय निकुञ्जमा सिकार गर्न गएका पाँच जनालाई वन संरक्षण टोलीले पक्राउ गरेको थियो। निकुञ्जमा जनावरको सिकार गर्न गएका पर्सा सखुवाप्रसौनी गाउँपालिका– १ का झापस दास थारु, अकुअनिया टोलका नवराज बस्नेत, काभ्रे घर भई हाल सखुवाप्रसौनी १ मै बस्ने दामोदर अधिकारी, वडा नम्बर १ कै खजुरिया निवासी विशाल सहनी र काभ्रेको नासिक गाविस–६ का मालदोङ्ग तामाङलाई संरक्षण टोलीले पक्राउ गरेको थियो।

उनीहरूको साथबाट टोलीले मृत अवस्थामा रहेको जरायो र जरायोको सिङ, शिकार गर्न प्रयोग भएका १२ बोरको भरुवा बन्दुक १ थान, १२ राउण्ड गोली, पाँच थान मोबाइल, दुई लाख ९० हजार ६ सय ३० रुपैयाँ नगद बरामद भएको थियो।

साथै बा ५ त ७८०५ नम्बरको टोयोटा गाडी, र प्रदेश २–०३–००१ च ३०९७ नम्बरको बोलेरो गाडी पनि नियन्त्रण लिइएको थियो। प्रदेश २–०३–००१ च ३०९७ नम्बरको बोलेरो गाडी सखुवा प्रसौनी गाउँपालिकाका पुर्ब अध्यक्ष प्रदीप जैसवालको जैसवाल ईन्टरप्राईजेजको नाममा दर्ता छ।

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’