वीरगञ्ज – डेरी उधोगबाट उत्पादन हुने बस्तुमा अखाध बस्तु मिसाएर बिक्री गरेको आरोपमा रौतहटका एक डेरी सञ्चालकसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ।
प्रहरीले गौर नगरपालिका–५ मा रहेका फुलतारा डेरी उधोगमा छापमारी चारै जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा डेरी सञ्चालक राजपुर नगरापलिका–१ घर भई गौर–५मा डेरी सँचालन गरी बस्ने शेख समिम, उनका भाइ मोहम्द मोतीउल्लाह र सोही स्थान बस्ने ईपफान खान र गरुडा नगरपालिका–८ बस्ने मो.समसे आलम छन्।
अखाध बस्तु मिसाएर डेरीबाट उत्पादित सामानहरु बिक्री गरिरहेको सूचनाका आधारमा गएको प्रहरीले डेरीमा शील गरी नमुना परीक्षणको लागि पठाइएको रौतहटका प्रहरी नायब उपरीक्षक उमाशंकर यादवले जानकारी दिए।

भर्खरै
लोकप्रिय






































































































































































































