जरायो मारेको घटनामा दुई जना प्रदेश सांसदसहित ४९ जनाविरुद्ध मुद्दा दर्ता

जरायो मारेको घटनामा दुई जना प्रदेश सांसदसहित ४९ जनाविरुद्ध मुद्दा दर्ता
+
-

वीरगन्ज– पर्सा राष्ट्रिय निकुञ्जमा जरायो मारेको घटनामा निकुञ्जले दुई जना प्रदेश सांसदसहित ४९ जनाविरुद्ध मुद्दा दर्ता गरेको छ। पुस ४ गते निकुञ्जको जंगलबाट मृत जरायो र हतियारसहित पक्राउ परेकाहरूसहित ४९ जनाविरुद्ध मुद्दा दर्ता गरिएको हो।

४५ दिनको अनुसन्धानपछि सो प्रकरणमा निकुञ्जले प्रदेश सांसद प्रमोद जैसवाल र श्यामबहादुर खड्कासहित ४९ जनाविरुद्ध मुद्दा दर्ता गरिएको पर्सा राष्ट्रिय निकुञ्जका सूचना अधिकारी सूर्य खड्काले जानकारी दिए।

 यसैगरी, पर्सा सखुवा प्रसौनी गाउँपालिकाका पूर्व अध्यक्ष प्रदीप जैसवालविरुद्ध पनि मुद्दा दर्ता भएको उनले बताए। उनीहरूलाई निकुञ्जले वन्यजन्तुको अवैध चोरी सिकारका लागि मतियारको रूपमा काम गरेको ठहर गर्दै उनीहरूलाई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ को दफा २७ बमोजिम सजाय हुने उनले बताए।

सांसद खड्काको हकमा निकुञ्ज कार्यालय आफ्नो नाममा दर्ता भएको हतियार अन्य व्यक्तिलाई प्रयोग गर्न दिएर वन्यजन्तुको सिकार गर्न लगाएको निकुञ्जले निष्कर्ष निकालेको छ।
उनलाई निकुञ्जले हातहतियार खरखजना ऐन,२०१९ बमोजिम थप कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय पर्सालाई पत्र लेखेर समेत पठाएको छ।

त्यस्तै, पक्राउ परेका झापसदास थारु, नवराज बस्ने, शिल सहनी, दामोदार अधिकारी, म्लाङडोङ तामाङ, प्रकाश केसी, सुलम मियाँ अन्सारी, भोलाबहादुर थापा पुन मगरलाई भने सो ऐनको दफा २६९३० बामोजिम सजाय हुने निर्णय भएको छ। प्रमोद पर्सा क्षेत्र नम्बर ३ को १ बाट स्वतन्त्रबाट मंसिर ४ मा प्रदेश सभा सदस्यमा र श्यामबहादुर काठमाडौँ क्षेत्र नम्बर ५ को २ बाट कांग्रेसबाट निर्वाचित भएका थिए।

पुस ४ गते मधेसका प्रदेश सांसद प्रमोदकुमार जयसवालको सखुवा प्रसौनी–१ स्थित घरबाट बरामद मारिएको जरायो र हतियारसहित पाँच जना पक्राउ परेका थिए।

उनीहरूको साथबाट टोलीले मृत अवस्थामा रहेको जरायो र जरायोको सिङ, सिकार गर्न प्रयोग भएका १२ बोरको भरुवा बन्दुक १ थान, १२ राउण्ड गोली, पाँच थान मोबाइल, दुई लाख ९० हजार ६ सय ३० रुपैयाँ नगद बरामद भएको थियो।

साथै, बा ५ त ७८०५ नम्बरको टोयोटा गाडी, र प्रदेश २–०३–००१ च ३०९७ नम्बरको बोलेरो गाडी पनि नियन्त्रण लिइएको थियो।

प्रदेश २–०३–००१ च ३०९७ नम्बरको बोलेरो गाडी सखुवा प्रसौनी गाउँपालिकाका पूर्वअध्यक्ष प्रदीप जैसवालको जैसवाल इन्टरप्राइजेजको नाममा दर्ता छ।

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’