
बुटवल – नदीजन्य पदार्थ अवैध रुपमा उत्खनन गरिरहेको अवस्थामा रुपन्देही प्रहरीले ट्र्याक्टर, डोजर र टिपर नियन्त्रणमा लिएको छ।
९ ट्र्याक्टर, ३ वटा जेसीबी र १ टिपर नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता श्यामु अर्यालले जानकारी दिए। देवदह नगरपालिका, ओमसतिया, रोहिणी र सुद्धोधन गाउँपालिकाबाट बिहीबार नियन्त्रणमा लिइएका ती साधनलाई २ लाख ६८ हजार रुपैयाँ जरिवाना लिएर छाडिएको प्रहरीले जनाएको छ ।
नदीजन्य पदार्थको अवैध उत्खनन बढेपछि रुपन्देही प्रहरीले विशेष निगरानी टोली खटाएको थियो ।