वीरगञ्ज – बाराको पथलैया अम्लेखगञ्ज सडकखण्डअन्र्तगत पर्ने पर्सा राष्ट्रिय निकुञ्जको जंगलमा दिउँसै यौनजन्य क्रियाकलाप गरिरहेको आरोपमा सात जना महिलालाई बारा प्रहरीले पक्राउ गरेको छ।
पक्राउ परेका महिलालाई मुद्दासमेत चलाइएको इलाका प्रहरी कार्यालय सिमराका प्रमुख प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए। २० देखि ३५ वर्ष उमेर समूहका महिला यौनजन्य क्रियाकलाप गरिरहेको भन्ने सूचनाका आधारमा उनीहरू पक्राउ परेका हुन्।
राजमार्गमा पर्ने जंगलमा दिउँसै यौनजन्य क्रियाकलाप हुने गरेको स्थानीयले बताएका छन्। पक्राउ परेका सातै जना महिलालाई सार्वजनिक शान्तिविरुद्धको कसुरमा अदालतबाट पाँच दिनको म्याद थप गरी कारबाही प्रक्रिया अगाडि बढाइएको क्षेत्रीले बताए।

भर्खरै
लोकप्रिय






































































































































































































