तिलोत्तमा गोल्डकपमा सुदूरपश्चिम–११ विजयी (तस्बिरसहित)

तिलोत्तमा गोल्डकपमा सुदूरपश्चिम–११ विजयी (तस्बिरसहित)
+
-

बुटवल – मोफसलको चर्चित तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिताको २२ औं संस्करणको उद्घाटन खेलमा आयोजक रुपन्देही–११ लाई ३–१ गोल अन्तरले पराजित गर्दै सुदूरपश्चिम–११ ले विजयी सुरुवात गरेको छ।

बुटवल उपमहानगरपालिकाको संरक्षकत्व र जिल्ला फुटबल संघ रुपन्देहीको आयोजनामा एन्फा टेक्निकल सेन्टर बुटवल देवीनगरमा भएको खेलमा सुदूरपश्चिमका फागुराम थारुले ३१ औं र ६८ औं मिनेटमा गोल गरे। त्यसपछि स्वयं भण्डारीले सुदूरपश्चिमाञ्चलका लागि तेस्रो गोल गरे।

खेल अवधिभर कमजोर प्रदर्शन गरेको रुपन्देही–११ का तर्फबाट एकमात्र सान्त्वना गोल खेलको अन्तिम समयमा बिदेशी खेलाडी फोडे फोफोनाले गरे।

शनिबारको खेलमा सुदूरपश्चिमका फागुराम थारु म्यान अफ द म्याच घोषित हुदै ११ हजार १११ र एउटा हेल्मेट पुरस्कार पाए। आइतबार हिमालयन शेर्पा र थ्रीस्टार क्लबबीच खेल हुने आयोजक रुपन्देही जिल्ला फुटबल संघका महासचिव हिमाल गौचनले बताए।

प्रतियोगितामा दुई विभागीयसहित ८ वटा ए लेभलका टिमले भाग लिएका छन्। ती नेपाल पुलिस, एपीएफ, मनाङ मर्स्याङदी, रुपन्देही ११, थ्री स्टार, हिमालयन शेर्पा, फ्रेन्ड्स क्लब र सुदूरपश्चिम ११ हुन्। रुपन्देही जिल्ला फुटबल संघका अध्यक्ष लोक पुनका अनुसार खेलमा विजेताले ११ लाख ११ हजार १ सय ११ रुपैयाँ पाउनेछ। उपविजेताले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ पुरस्कार पाउनेछन्।

सर्वोत्कृष्ट खेलाडीले एक लाख रुपैयाँ वा एक थान मोटरसाइकल पुरस्कार दिइने छ। उत्कृष्ट फरवार्ड, गोलरक्षक, मिड फिल्डर, डिफेन्स र कोच गरी ५ वटा विधामा उत्कृष्ट खेलाडीले ३० हजारका दरले नगद पुरस्कार दिइनेछ। प्रत्येक खेलको म्यान अफ द म्याच छानी ११ हजार १ सय ११ रुपैयाँ दिइनेछ।

२०७५ सालमा २१ औं संस्करण भए पनि कोरोना महामारीलगायतका कारणले प्रतियोगिता रोकिएको थियो। चार वर्षपछि हुन लागेको प्रतियोगितामा एक करोड बढी खर्च अनुमान गरिएको छ। त्यसका लागि बुटवल उपमहानगरपालिकाले ३५ लाख र लुम्बिनी खेलकुद परिषद्ले १० लाख रुपैयाँ विनियोजन गरेका छन्। प्रतियोगिताको यशोदा फुड्स प्रालि र त्रिमूर्ति इन्डष्ट्रिज प्रालिले प्रायोजन गरेका छन्।

तत्कालीन बुटवल नगर पञ्चायतले २०३१ सालमा स्थापना गरेको थियो। स्थापनाकै वर्ष प्रतियोगिता सुरु गर्ने भनिएपनि तयारी नहुँदा २ वर्षपछि अर्थात विसं ०३३ सालमा पहिलो पटक गोल्डकप आयोजना भएको थियो। यसअघि प्रतियोगिताको उद्घाटन गर्दै बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बुटवलको गौरवको रुपमा रहेको तिलोत्तमा गोल्डकपको आयोजना र पूर्वाधारका लागि बुटवल उपमहानगरपालिकाले सबै प्रकारको साथ दिने बताए।

बुटवल उपमहानगरपालिका संरक्षक रहेको गोल्डकप आयोजनाका लागि थप पूर्वाधार निर्माण गर्नका लागि आवश्यक बजेटको व्यवस्था गर्ने बताए। उनले बुटवललाई खेलकुदमा अग्रणी बनाउनका लागि आवश्यक बजेट र पूर्वाधान तयार गर्न बुटवल उपमहानगरपालिका तयार रहेको भन्दै खेलाडी उत्पादन र खेलकुद प्रतियोगिता आयोजनाका लागि तयार हुन खेलकुदका संघसंस्थालाई आग्रह गरे।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?