
बुटवल – गौतम बुद्धको जन्मस्थल लुम्बिनीस्थित अन्तर्राष्ट्रिय बौद्ध सभाहलमा पानी चुहिएको छ।
चैत १७ गते परेको पानी सभाहलको छानोबाट चुहिएको हो। पानी चुहिएपछि सभाहल निर्माणमा शंका उत्पन्न भएको छ। पानी चुहिएपछि लुम्बिनी विकास कोषले निर्माण कम्पनीलाई चेतावनी दिएको छ।
कोषले निर्माण कम्पनी लुम्बिनी/अर्घाखाँची/बाबुल जे.भि.लाई वर्षाको पानी छानोबाट चुहिएको भन्दै तत्काल भरपर्दो मर्मत गरी प्राविधिक रुपमा पानी नचुहिने प्रत्याभूति गराउने गरी मर्मत गर्न निर्देशन दिएको छ।
लुम्बिनी विकास कोषले मर्मत कार्य सम्पन्न नहुन्जेलसम्म अन्तिम बिल भुक्तानी रोक्का गरिने जनाएको छ।