बुटवलमा मनाइयो जितगढी उत्सव (तस्बिरहरु)

बुटवलमा मनाइयो जितगढी उत्सव (तस्बिरहरु)
+
-

बुटवल – दुई सय आठ वर्ष अगाडि नेपाल-अंग्रेजका बीचमा भएको युद्ध जितेको खुशीयालीमा बुटवलमा जितगढी उत्सव मनाइएको छ।
नेपाल-अंग्रेजका बीचमा भएको युद्धमा नेपालले विजय हासिल गरेको खुशीयालीमा बिहीबार बुटवल उपमहानगरपालिकाको आयोजनामा जितगढी उत्सव मनाइएको हो।

१८७२ वैशाख ७ गते जितगढी किल्लामा कर्णेल उजिरसिंह थापा नेतृत्वको नेपाली फौजले अंग्रेज फौजमाथि जित हासिल गरेको थियो। बिहीबार जितगढी उत्सवका अवसरमा जितगढी उत्सव कार्यक्रम, गोरखादेखि पैदलयात्रामा आएको नेपाली सेनाको टोलीलाई स्वागत तथा पैदल यात्रा समापन कार्यक्रम गरिएको छ।

बिहीबार बुटवल आइपुगेको नेपाली सेनाको पैदलयात्री टोलीलाई बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेय, उपप्रमुख सावित्रादेवी अर्याल, प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थी, वडाध्यक्षहरु, पूर्वजनप्रतिनिधि, संघसंस्था तथा स्थानीयले पैदलयात्रामा सहभागी टोली र नेपाली सेनाका मध्यपश्चिम पृतनापति यामप्रसाद ढकालसहितको टोलीलाई स्वागत र सम्मान गरेका थिए। बुटवल–१ गणेशमन्दिरनजिकैबाट बाजागाजासहित शुरु भएको पैदलयात्रीसहितको विजय र्‍याली जितगढी किल्लामा पुगेको थियो।

जितगढी किल्लामा आयोजित कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेशका पूर्वमन्त्री तथा प्रदेश सांसद भोजप्रसाद श्रेष्ठले जितगढी किल्ला अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्न जरुरी रहेको बताए। उनले जितगढी किल्लाले बुटवलको पहिचानलाई उच्च बनाउँदै लगेकोले किल्लाको संरक्षण र पर्यटन प्रवर्द्धनलाई उत्तिकै महत्व दिनुपर्ने बताए।

बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बुटवलको जितगढी किल्लाको ऐतिहासिक र पुरातात्विक महत्वलाई स्थापित गर्दै पर्यटकीय स्थलको रुपमा विकास गर्ने बताए। उनले आगामी वर्षदेखि नियमित रुपमा हरेक वर्ष वैशाख ७ गते जितगढी उत्सव मनाइने र बुटवलकै उत्सवका रुपमा यसलाई स्थापित गर्ने बताए। उनले किल्लाक्षेत्र र आसपासको पर्यटनका साथसाथै पुरानो बुटवललाई समेत जोडेर पर्यटकीय स्थलको रुपमा विकास र प्रवर्द्धन गर्ने बताए।

नेपाली सेनाका मध्यपश्चिम पृतिनापति यामप्रसाद ढकालले नेपाली सेना र नागरिकबीचको सम्बन्धलाई बलियो बनाउँदै युद्ध पर्यटनको रुपमा जितगढी किल्लाको प्रवर्द्धन गर्नुपर्ने बताए। उनले जितगढी किल्ला नेपाली सेनाका लागि पनि महत्वपूर्ण थलोका रुपमा रहेकाले यसको संरक्षण र प्रवर्द्धनमा नेपाली सेना सधैँ बुटवल उपमहानगरपालिकासँगै रहने बताए।

कार्यक्रममा बुटवल उपमहानगरपालिकाका उपप्रमुख सावित्रादेवी अर्यालले जितगढी किल्लाले बुटवलको गरिमा बढाएको बताउँदै पर्यटन प्रवर्द्धनमा समेत जितगढी किल्लाले महत्वपूणर् भूमिका खेल्ने बताइन्।

कार्यक्रममा रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डे, बुटवल उपमहानगरपालिकाका पूर्वप्रमुख शिवराज सुवेदी, अध्येता निर्मल श्रेष्ठ, उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य उज्ज्वल कसजु, पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोख्रेललगायतले बोल्दै जितगढी किल्लाको संरक्षण र पर्यटन प्रवर्द्धनमा भएको प्रयासले बुटवलले लाभ लिनसक्ने बताएका थिए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?