प्रदेश संरचनाको औचित्य साबित गर्छु: मुख्यमन्त्री चौधरी

प्रदेश संरचनाको औचित्य साबित गर्छु: मुख्यमन्त्री चौधरी
+
-

बुटवल- लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले प्रदेश संरचनाको औचित्य साबित गर्ने बताएका छन्।

प्रदेश प्रमुख अमिक शेरचनबाट नियुक्तिको प्रमाणपत्र बुझेपछि सञ्चारकर्मीहरुसँग बिहीबार कुरा गर्दै मुख्यमन्त्री चौधरीले प्रदेश संरचनाको औचित्यमाथि धेरै प्रश्न उठेकाले यसलाई साबित गर्ने बताए।

उनले शुक्रबार पद तथा गोपनीयताको शपथग्रहण गर्दैछन्।

नेकपा माओवादी केन्द्रसहित ८ दलीय गठबन्धनका ५३ जना सांसदको हस्ताक्षरसहित चौधरीले संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए।

प्रदेश प्रमुख अमिककुमार शेरचनले चौधरीलाई बिहीबार मुख्यमन्त्री नियुक्त गरेका हुन्।

शेरचनले बिहीबार दिउँसो ४ बजेसम्मको समयभित्र दाबी पेश गर्नको लागि आह्वान गरेका थिए। नेता चौधरीले तेश्रो पटक मुख्यमन्त्रीमा दाबी पेश गरेका हुन्।

नेकपा एमालेका नेता लिला गिरी नेतृत्वको सरकारले विश्वासको मत प्राप्त गर्न नसकेपछि नयाँ सरकार गठनको बाटो खुलेको हो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?