वर्षाले रोकिएको खेल ४२ ओभरमा घटाएर पुन:सुरु

वर्षाले रोकिएको खेल ४२ ओभरमा घटाएर पुन:सुरु
+
-

काठमाडौँ – वर्षाका कारण रोकिएको एसिसी प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा कुवेतविरुद्धको खेल पुन:सुरु गरिएको छ।

टस हारेर पहिले ब्याटिङ गरेको नेपालले २३.२ ओभर बलिङ गर्दै ३ विकेट गुमाएर १ सय ४१ रन जोड्दा टियू मैदानमा वर्षा सुरू भएपछि खेल रोकिएको थियो। करिब २ घण्टा खेल रोकिएपछि पुन: सुरु भएको हो।

नेपालका लागि कप्तान रोहित पौडेल ४० बलमा ३० रन बनाएर अविजित रहँदा कुशल मल्ल ३० बल खेलेर ३२ रन बनाएर खेलिरहेका छन्। उनीहरुले चौँथो विकेटका लागि ६१ रनको अविजित साझेदारी गरिसकेका छन्। त्यसअघि ओपनर द्वय: कुशल भुर्तेल र आसिफ शेखले पहिलो विकेटका लागि ७७ रनको साझेदारी गरेका थिए।

पहिलो विकेटका रुपमा नेपालले टिमको स्कोर ७७ रन हुँदा ओपनर कुशल भुर्तेललाई ३९ बलमा ४३ रन बनाउँदा गुमाएको नेपालले त्यसपछि थप ३ रन जोड्दा २ विकेट गुमाउन पुगेको थियो।

भीम सार्कीलाई ४ बलमा १ रनको अवस्थामानै गुमाएको नेपालले अर्का ओपनर आसिफ शेखलाई तेस्रो विकेटका रुपमा ३१ रनमा गुमाउन पुग्यो। नेपालले ८० रन बनाउँदा तीन विकेट गुमाएको थियो। कुवेतका लागि एडनन इद्रेसले २ विकेट लिंदा मोहमेद अस्लामले १ विकेट लिए।

प्रतियोगितामा नेपाल अपराजित रहँदै समूह ‘ए’ को विजेताका रुपमा सेमिफाइनलमा प्रवेश गरेको हो। कुवेत समूह ‘बि’ को उपविजेताको रुपमा सेमिफाइनलमा स्थान बनाएका थियो। नेपाल कुवेतलाई हराउँदै फाइनलमा स्थान बनाउने लक्ष्यमा रहेको छ।

खेल पुन:सुरु गर्नका लागि तयारी गर्दाका तस्बिरहरू:

तस्बिर: बर्षा शाह/देशसञ्चार।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?