सातदोबाटोमाथि फ्रेन्ड्सको रवाफिलो जित

सातदोबाटोमाथि फ्रेन्ड्सको रवाफिलो जित
+
-

काठमाडौँ – सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा सातदोबाटोमाथि ४–० को फराकिलो जित निकाल्दै फ्रेन्ड्सले तत्काललाई रेलिगेशन जोन छाडेको छ। बिहीबार एन्फा कम्प्लेक्समा भएको खेलमा फ्रेन्ड्सले सातदोबाटोमाथि लगातार दबाब सिर्जना गर्दै निरन्तर गोल गरेको थियो।

फ्रेन्ड्सको जितमा टोरिक जेब्रिनले दुई गोल गर्दा थप गोल राफिक अमिनु र प्रकाश बुढाथोकीको नाममा रह्यो। खेलको पहिलो मिनेटमै अमिनुले गोल गर्दै फ्रेन्ड्सलाई सुरुआती अग्रता दिलाएका थिए। पहिलो हाफमा १ गोल गर्दा थप तीन गोल दोस्रो हाफमा सम्भव भएको थियो।

खेलको ५५ औं मिनेटमा कप्तान प्रकाशले गोल गर्दै फ्रेन्ड्सलाई २–० को अवस्थामा पुर्‍याएका थिए। तेस्रो गोल ८७ औँ मिनेटमा जेब्रिनले गरेका थिए। त्यसपछि पनि उसले गोल थप्ने क्रम जारी राख्दा अन्तिम मिनेटमा जेब्रिनले व्यक्तिगत दोस्रो र टिमका लागि चौंथो गोल गर्दै रवाफिलो जितसहित टिमलाई महत्वपूर्ण तीन अङ्क दिलाए। जारी लिगमा फ्रेन्ड्सको यो छैटौं जित हो। फ्रेन्ड्सले २१ खेलमा २४ अंकसहित १२ औँ स्थानमा उक्लिँदै रेलिगेशन क्षेत्र छाडेको छ।

फ्रेन्ड्सले रेलिगेशन जोन छाडेसँगै संकटा रेलिगेशन जोनमा धकेलिएको छ। पाँच अङ्कभित्र ९ टिम रहेका छन्। जसले गर्दा रेलिगेशन क्षेत्रमा कुन दुई टिम पर्लान् अनुमानबाहिर रहँदा शीर्ष स्थानमा भने मछिन्द्रसँग चर्च ब्वाइजले ४ अङ्कको अग्रता बनाएको छ।

शीर्ष ६ स्थानदेखि १४ औँ स्थानसम्मका टिम रेलिगेशन संकटमा देखिँदा लिगको अङ्क तालिका रोमाञ्चक बनेको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?