गर्मी बढेपछि बन्द हुन थाले रुपन्देहीका विद्यालय

गर्मी बढेपछि बन्द हुन थाले रुपन्देहीका विद्यालय
+
-

बुटवल – गर्मी बढेपछि रुपन्देहीमा विद्यालयहरु बन्द हुन थालेका छन्। रुपन्देहीका तिलोत्तमा नगरपालिका र सैनामैना नगरपालिकाले गर्मीका कारण विद्यालय बन्द गर्न सूचना जारी गरेका छन्। तिलोत्तमा नगरपालिकाले सूचना जारी गरी सोमबारदेखि असार १७ गतेसम्म पठनपाठन बन्द हुने जनाएको छ।

‘नगरप्रमुख स्तरीय निर्णयअनुसार विगत केही दिनदेखि बढिरहेको तापक्रमले अत्याधिक गर्मी भई विद्यालयहरुमा पठनपाठन सञ्चालनमा कठिनाइ भएको ‍हुँदा वार्षिक बिदाबाट समायोजन हुने गरी मिति जेठ २२ गतेदेखि असार १७ गतेसम्म नगरभित्रका सम्पूर्ण शैक्षिक संस्था (सामुदायिक तथा संस्थागत)हरुमा बिदा गर्ने निर्णय भएकोले सोहीअनुसार गर्नुहुन जानकारी गराइन्छ,’ तिलोत्तमा नगरपालिकाले जारी गरेको सूचनामा भनिएको छ।

यस्तै, रुपन्देहीको सैनामैना नगरपालिकाले जेठ २२ गतेदेखि जेठ २४ गतेसम्म नगरपालिकाभित्रका सबै विद्यालयलाई बिदा दिन भनेको छ। नगरपालिकाले सूचना जारी गरी नगरभित्रका सबै विद्यालय जेठ २४ गतेसम्म बन्द हुने जनाएको हो।

‘विगत केही दिनदेखि अत्याधिक मात्रामा तापक्रम वृद्धि हुँदा दिउँसोको समयमा विद्यालय जाँदा आउँदा बालबालिकाको स्वास्थ्यमा प्रतिकूल असर पर्ने देखिएकोले यस सैनामैना नगरपालिकाअन्तर्गत सञ्चालित सम्पूर्ण विद्यालयहरु मिति २०८० जेठ २२ देखि २४ गतेसम्म वर्षे बिदाबाट कट्टा हुने गरी गर्मी बिदा गरिएको व्यहोरा अनुरोध छ,’ सूचनामा भनिएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?