बृहत् एकीकृत स्वास्थ्य शिविरमा ओइरिए हुम्लाबासी (तस्बिरहरु)

बृहत् एकीकृत स्वास्थ्य शिविरमा ओइरिए हुम्लाबासी (तस्बिरहरु)
+
-

हुम्ला– हुम्लाको सदरमुकाम सिमकोटमा बृहत् एकीकृत स्वास्थ्य शिविर सुरु भएको छ। बिहीबारबाट सुरु भएको शिविरमा मुटुरोग, प्रसूति तथा स्त्रीरोग, जनरल फिजिसियन, हाडजोर्नी, नशा, नाक, कान तथा घाँटी, बाल रोग,अकुपञ्चरलगायत उपचार भइरहेको छ।

शिविरका लागि ६ जना विशेषज्ञ चिकित्सक बिहीबार बिहान काठमाडौँबाट आइपुगेका हुन्।

जिल्ला स्वास्थ्य सेवा कार्यालयका प्रमुख प्रेमबहादुर सिंहका अनुसार जिल्ला अस्पतालका चिकित्सकसमेत शिविरमा काम गरिरहेका छन्।

प्रारम्भ सामाजिक संस्था र सिंगापुर रेडक्रसको आर्थिक तथा प्राविधिक सहयोगमा सिमकोट, नाम्खा, खार्पुनाथ गाउँपालिका र स्वास्थ्य सेवा कार्यालयले शिविर आयोजना गरेका हुन्। सहकार्य आधार विकास नेपाल र अठोट नेपालको रहेको छ।

शिविरको पहिलो दिन ८९४ बिरामीले सेवा लिएका छन् । जसमा ४९४ जना महिला र ३५५ जना पुरुष छन् । कोरोनापछिको सञ्चालन गरिएको यो पहिलो शिविर हो । शिविर ३ दिनसम्म सञ्चालन हुनेछ ।

 

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष