तापक्रम कतिसम्म पुगे ‘लु’ चल्छ?

तापक्रम कतिसम्म पुगे ‘लु’ चल्छ?
+
-

काठमाडौँ- जल तथा मौसम विज्ञान विभागले तराईका विभिन्न स्थानमा ‘लु’को अवस्थाको पूर्वानुमान गर्दै सावधानीका लागि सचेत गराएसँगै ‘लु’ चर्चाको विषय बनेको छ।

‘लु’लाई सामान्यतया: अत्याधिक गर्मीको अवस्था भनेर बुझ्ने गरिन्छ। विश्व मौसमविज्ञान संगठनले कुनै पनि स्थानको नियमित अत्याधिक तापमानमा लगातार दुईदेखि पाँच दिनसम्म ५ डिग्री सेल्सियस भन्दा बढी भएको अवस्थालाई ‘लु’ को अवस्था भने पनि ‘लु’को अवस्थामा विश्वव्यापी एकरुपता भने छैन।

हालका अभ्यास नियाल्ने हो भने हो भने देशअनुसार र एउटै देशभित्र पनि ठाउँअनुसार तापक्रमको निश्चित मापदण्ड तोकिएको हुन्छ- ‘लु’ अवस्था निर्धारण गर्नका लागि।
यद्यपि समानता के हो भने ‘लु’ को अवस्था निर्धारणको आधार भने तापक्रम नै हो।

वरिष्ठ मौसमविद् डा. इन्दिरा कँडेल।

‘लु’को अवस्था सामान्य, कडा र धेरै कडा गरी तीन अवस्थामा बाँडिएको हुन्छ। यसलाई दिइएको चित्रले व्याख्या गर्छ।

जहाँसम्म नेपालको सवाल छ जल तथा मौसम विज्ञान विभागले विभिन्न स्थानमा विगत तीस वर्षको तापक्रमको अध्ययन गरेर विभिन्न स्थानमा ‘लु’को अवस्था निर्धारक तापक्रमको मापदण्ड तोकेको बताउँछिन् विभागकी वरिष्ठ मौसमविद् डा. इन्दिरा कँडेल। कँडेलका अनुसार उक्त तापक्रम २ या ३ दिनसम्म रहने अवस्थालाई ‘लु’को अवस्था भन्ने गरिन्छ।

जस्तै, काठमाडौँको तापक्रम ३३.५ पुग्दा ‘लु’को धेरै कडा अवस्था हुनजान्छ भने नेपालगञ्जको तापक्रम ३९.८ भएसम्म पनि सामान्य ‘लु’को अवस्था हुन जान्छ ।

अब यो पूर्वानूमान कसरी गरिन्छ त ? सुनौँ वरिष्ठ मौसमविद् डा. इन्दिरा कँडेललाई।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?