वृहत एकीकृत स्वास्थ्य शिविरमा उपचार गर्ने महिलाको संख्या बढी

वृहत एकीकृत स्वास्थ्य शिविरमा उपचार गर्ने महिलाको संख्या बढी
+
-

सिमकोट- तीन दिनसम्म सञ्चालन भएको एकीकृत स्वास्थ्य शिविरमा उपचार गर्ने पुरुषभन्दा महिलाको संख्या बढी पाइएको छ।

शिविरमा मुटु रोगको उपचारमा संलग्न चिकित्सक सम्पूर्णमान तुलाधरले सबैभन्दा बढी
समस्या महिलामा देखिएको बताए।

शिविरमा उपचार गराउने महिलाको सङ्ख्या एक हजार ३५० जना र पुरुषको सङ्ख्या ८३९ जना रहेको छ।

तीन दिनसम्म सञ्चालन भएको शिविरमा दुई हजार १४९ जना बिरामीहरूको उपचार गरिएकाे थियाे।

विशेषज्ञ सेवासहितको शिविरमा एक दिन पैदल हिँडेर बिरामीहरू उपचार गर्न आएका थिए।

कोरोनापछि पहिलो पटक विशेषज्ञ सेवासहितको शिविर सञ्चालन भएको कारण धेरै बिरामीहरू आएका हुन्।

शिविरमा ९ वर्षदेखि सत्तरी वर्ष उमेरसम्मका बिरामीको उपचार गरिएकाे थियाे।

अकुपन्चर विधिबाट ६३१ जनाले हाडजाेर्नीकाे उपचार गराएका थिए। १०७ जनाको भिडियो एक्सरे गरिएको छ भने २५० जना मुटुरोगका बिरामीहरूले उपचार भएकाे थियाे।

त्यसैगरी, गाइनाेका २२६ जना बिरामी महिलाको उपचार भएको छ। १८४ जनाले ल्याव सेवा लिएका छन् भने पाँच जनाको शल्यक्रिया गरिएको छ।

शिविरमा उपचार गरेका एक जना बिरामीलाई नेपालगञ्ज रिफर गरिएकाे थियाे। उपचारका लागि उनलाई नेपालगञ्ज पुर्‍याइसकिएकाे छ।

शिविरमा बिरामीहरूलाई आवश्यताका आधारमा नि:शुल्क औषधी वितरण गरिएको थियो।

जिल्लाबाहिरबाट शिविरलाई सेवा प्रारम्भ सामाजिक संस्था, सिंगापुर रेडक्रस र अडोट नेपालजस्ता संस्थाले सहयोग गरेका थिए भने स्थानीय व्यवस्थापनमा नाम्खा, सिमकोट र खार्पुनाथ गाउँपालिकाले सहयाेग गरेका थिए।

हेर्नूहोस देशसञ्‍चारकर्मी बर्षा शाहले कैद गरेका तस्बिरहरू:

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष