सनराइज बैंकद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

सनराइज बैंकद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न
+
-

काठमाडौँ – सनराइज बैंकको योगिकुटी शाखाले तिलोत्तमा आँखा अस्पताल, बुटवलसँगको समन्वयमा निःशुल्क आँखा शिविर सम्पन्न गरेको छ।

सामाजिक उत्तरदायित्वअन्तर्गत जनता मावि शुद्धोधन गाउँपालिका–७, रुपन्देहीमा सञ्चालन गरिएको थियो।

उक्ते शिविरबाट विद्यार्थी, शिक्षक तथा अभिभावक गरी २ सय ५० जनाले ओपिडी सेवा, आँखाको शल्यक्रियाका लागि परामर्श, सल्लाह र अन्य जाँच सेवासमेत लिएका थिए।  त्यसैगरी, सन्राइज बैंकको दुहबी शाखाद्वारा विराट मेडिकल कलेज शिक्षण अस्पताल, विराटनगरसँगको सहकार्यमा जेठ २५ गते छिटाहा मावि, छिटाहा बजारमा स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम सञ्चालन गरेको थियो।

उक्त कार्यक्रममा निःशुल्क आँखा जाँच, दाँत जाँच, सामान्य स्वास्थ्य जाँच, क्यान्सर सचेतना कार्यक्रम तथा रक्तदानजस्ता स्वास्थ्य सुविधा प्रदान गरिएको थियो।

हरेक वर्ष देशका विभिन्न स्थानमा गई त्यहाँका समुदायको आवश्यकतालाई अध्ययन गरी उनीहरूलाई आवश्यक स्वास्थ्य, शिक्षा, पूूर्वाधार निर्माण महिला सशक्तिकरणलगायत विषयमा आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न काम गर्दै आएको बैंकले जनाएको छ।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष