एमालेप्रति ह्वात्तै घट्यो कार्यकर्ताको आकर्षण, ६० प्रतिशतले गरेनन् सदस्यता नवीकरण

एमालेप्रति ह्वात्तै घट्यो कार्यकर्ताको आकर्षण, ६० प्रतिशतले गरेनन् सदस्यता नवीकरण
+
-

काठमाडौँ– तुलनात्मक रुपमा संगठित मानिने नेकपा एमालेको पार्टी सदस्यतामा उल्लेख्य कमी आएको छ।

मासिक लेबी तिर्ने प्रतिबद्ध कार्यकर्ताको पार्टीको छवि बनाएको एमालेको सदस्यता नवीकरण गर्ने र नयाँ सदस्य लिनेको संख्यामा झण्डै ६० प्रतिशतले कम आएको छ।

गत फागुन ५ गतेदेखि ‘मिसन ग्रास रुट’ नाम दिएर संगठन सुदृढीकरण अभियान चलाएको एमाले अहिले आफूसँग कति संगठित सदस्य छन् भनेर बताउन सक्ने अवस्थामा छैन। पार्टी निकट स्रोतका अनुसार २०७८ मंसिरमा चितवनमा दशौँ महाधिवेशन गरेपछि यो जेठसम्ममा पार्टी सदस्यता नवीकरण गर्ने कार्यकर्ताको संख्या जम्मा तीन लाख ५० हजारभन्दा कम छ।

स्रोतले भन्यो, ‘पार्टी सदस्यता नवीकरणमा कुनै उत्साह नै छैन। संख्याका हिसाबले भन्ने हो भने तीन लाख ३० हजार हाराहारी मात्रै नवीकरण भएको छ।’

पार्टी विभाजनको असर र नेतृत्वप्रति बढेको वितृष्णाका कारण सदस्यता नवीकरणमा असर परेको नेताहरुको बुझाइ छ। अझ पुराना दलप्रति बढेको निराशाको प्रत्यक्ष असर एमालेको पार्टी सदस्यतामा परेको देखिन्छ।

२०७८ मंसिरमा दशौँ महाधिवेशनअघि एमालेले आफ्ना पार्टी सदस्यता ७ लाख ८९ हजार ६२० पुगेको सार्वजनिक गरेको थियो। त्यसमा पाँच लाख ९९ हजार ६२४ जना पुरुष र एक लाख ८८ हजार ९९६ जना महिला रहेको तत्कालीन पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले बताएका थिए। दशौँ महाधिवेशमा सार्वजनिक गरिएको सदस्यताका आधारमा अहिले भएको नवीकरण ४१ प्रतिशत मात्रै हो। करिब ५९ प्रतिशत कार्यकर्ताले नवीकरण गरेका छैनन्।

दशौँ महाधिवेशनपछि एमालेले आफ्नो पार्टी सदस्यताको विवरण सार्वजनिक गरेको छैन। पार्टी सदस्यको अध्यावधिक तथ्यांकबारे जिज्ञासा राख्दा अहिलेका संगठन विभाग प्रमुख काशीनाथ अधिकारी र कार्यालय सचिव डा. भेषराज अधिकारीले अनविज्ञता प्रकट गरे।

संगठन विभाग प्रमुख अधिकारीले सदस्यताको यकिन विवरण ठ्याक्कै भन्न सकिने अवस्थामा नरहेको देशसञ्चारलाई बताए। उनले भने, ‘सदस्यता नवीकरण भएर आउने सिलसिला जारी छ। अहिले ठ्याक्कै भन्न सक्ने अवस्था छैन।’

पार्टी कार्यालय सचिव डा. अधिकारीले यसबारेमा आफूलाई जानकारी नभएको बताए। उनले भने, ‘यसबारेमा मलाई जानकारी छैन।’

पार्टी सदस्यता अनलाइन माध्यमबाटै नवीकरण गर्न र नयाँ लिन सक्ने व्यवस्था एमालेले गरेको छ। तर पनि संख्या भने भारी मात्रामा घटेको देखिन्छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?