कोरोना विश्लेषण

संक्रमण घटेको छ भन्दैमा सतर्कता नअपनाउनु ठूलो गल्ती

संक्रमण घटेको छ भन्दैमा सतर्कता नअपनाउनु ठूलो गल्ती
+
-

सन् २०२० मार्च महिनाको ११ का दिनदेखि औपचारिकरुपमा सुरु भएको कोरोना प्रकोप अर्थात् प्यान्डेमिक हाल निकै शान्त भइसकेको छ र अब यसको त्यति चर्चा पनि हुन छाडिसकेको छ। विश्वभरि यसको प्रभाव पनि निकै कम भइसकेको छ र यसको भ्याक्सिनको प्रयोगमा पनि स्थानीय सरकारले त्यति जोड गर्न छाडेको छ।

अमेरिकामा ६५ वर्ष भन्दा मुनिका अन्य स्वास्थ्य समस्या नभएका वयस्कहरूको लागि तीन मात्रा नियमित खोप र चौथो बाइभ्यालेन्ट अर्थात् कोरोनाका विविध भ्यारिएन्टविरुद्ध प्रभावकारी भ्याक्सिन लगाएकाहरूका लागि थप कोरोना भ्याक्सिन आवश्यक  नपर्ने भइसकेको छ। त्यस्तै अन्य देशमा पनि कोरोना खोपले लगभग पूर्णता पाइसकेको छ। नेपालमा पनि नेपाल सरकारको तथ्यांकअनुसार १२ वर्षभन्दा माथिका करिब ७५-८० प्रतिशत जनताले पूर्ण खोप अर्थात् २ मात्रा खोप लगाइसकेका छन्।

हाल कोरोना  प्यान्डेमिकसम्बन्धी पूर्ण अद्यावधिक जानकारी WHO या अन्य निकायले पनि दिन छाडेको छ अथवा ढिलो अध्यावधिक गर्ने गरेको छ। नेपाल सरकारले पनि पहिला जत्तिको कोरोनासम्बन्धी विस्तृत जानकारी दिन छाडिसकेको छ।

यी कुराहरूले विश्वबाट कोरोना संक्रमण लगभग निर्मुल हुन लागेको संकेत गर्छ।

विश्वमा कोरोना प्यान्डेमिक तलमाथि हुने क्रममा दक्षिण एसियाको पछिल्लो करिब डेढ महिना, सन् २०२३ मे १ देखि जुन १३ (४४ दिन) को कोरोना प्यान्डेमिकसम्बन्धी तथ्यांकको विश्लेषण चित्र न‌ं. १मा देखाइएको छ। करिब तीन महिना अघि नेपाल, भारतलगायत दक्षिण एसियामा प्यान्डेमिकको सानो लहर देखापरेको थियो जुन हाल आएर निकै शान्त भइसकेको छ। चित्रमा देखाइए जस्तै पछिल्लो समय यस क्षेत्रमा दैनिक कुल संक्रमण संख्या औसतमा ३५० जति र दैनिक कुल मृत्यु २-४ जति रहेको छ।

नेपालको दैनिक नयाँ संक्रमण

सन् २०२३ जुन ११ देखि १७ (२०८० जेष्ठ २८ देखि असार २) जम्मा ७ दिनको नेपालभरिको दैनिक परीक्षण र नयाँ संक्रमणको प्रबृत्ति चित्र नं. २ मा प्रस्तुत गरिएको छ। यस लेखमा पीसीआर परीक्षणलाई मात्रै गन्ति गरिएको छ। नेपाल  सरकारबाट प्राप्त तथ्यांक हेर्ने हो भने गत हप्ताको सात दिन, जेष्ठ २८ देखि असार २ गते शनिबारसम्म, देशभरि जम्मा ८  जना नयाँ संक्रमित थपिई जम्मा संक्रमितको संख्या १००३३६१ पुगेको छ। दुई हप्ताअघि नेपालमा साप्ताहिक कोरोना संक्रमण संख्या १० पुगेको थियो।

त्यस्तै चित्र न. २ ले नेपालको गतहप्ताको दैनिक कोरोना संक्रमण दरको प्रबृत्ति पनि देखाएको छ। गतहप्ता दैनिक संक्रमण दर अर्थात् पोजिटिभिटी दर न्यूनतम ०.००% देखि अधिकतम २.२१% सम्म रही साताभरिको औसत पोजिटिभिटी दर ०.५९% पुगेको छ जुन दुई हप्ताअघि ०.७३% थियो।

गत हप्ता पनि नेपालमा  कोरोना मृत्यु शून्य रह्यो र हालसम्म देशको कुल कोरोना मृत्यु १२०३१ पुगेको छ।

गत हप्ता देशभरि जम्मा ९७६  पिसीआर परीक्षण गरियो जुन संख्या दुई हप्ताअघि ८०० थियो।

संक्षेपमा, विश्वमा हाल कोरोना संक्रमणमा निकै कमी आइसकेको छ र दैनिक  संक्रमण र मृत्यु करिब प्यान्डेमिकपूर्वको अवस्थामा पुगिसकेको छ।

हाल दक्षिण एसियामा पनि कोरोना संक्रमणको प्रबृत्ति घट्दै गई निकै न्यून तथा नगन्य भएको देखिन्छ। अधिकांश देशमा कोरोना मृत्यु शून्य नै भइसकेको छ।

नेपालमा पनि गतहप्ता, ०८० जेठ २८ देखि अषाढ २, साप्ताहिक नयाँ कोरोना संक्रमण संख्या निकै घटेको छ। गतहप्ता दुई हप्ताअघिको भन्दा साप्ताहिक कोरोना संक्रमण, कोरोना मृत्यु र दैनिक कोरोना संक्रमण दर आधाभन्दा कम भएको छ। पछिल्लो समय नेपालमा कोरोना मृत्युका साथै कोरोना संक्रमण पनि शून्य सरह भइसकेको छ। संक्रमणमा कमी आएसंगै हाल नेपालमा कोरोना परीक्षण पनि निकै कम गरिंदै आएको छ।

हाल विश्वभरि र नेपालमा पनि कोरोना प्यान्डेमिकसम्बन्धी जानकारी निकै कम उपलब्ध हुने गरेको कारण यस ‘नेपालमा कोभिड प्यान्डेमिकको एक झलक: साप्ताहिक विश्लेषण’ साप्ताहिक शृंखलाको यस अंक अन्तिम अंक हुनेछ र यस उप्रान्त यस शृंखला बन्द गरिनेछ।

२०७७ असोज ३० गतेबाट सुरु भएको यस साप्ताहिक शृंखलामा हालसम्म हरेक हप्ता (एक दुईवटा छुटफुट बाहेक)  १३४ अंकहरू प्रकाशित भइसकेका छन्। यस शृंखलामा उल्लिखित कुरा सम्पूर्ण पाठकका लागि ज्ञानबर्द्धक र सूचनामूलक नै रह्यो होला भन्ने आशा गरिएको छ।

यस शृंखलाका लेखहरू नेपालमा साप्ताहिकरुपमा प्यान्डेमिक हेर्ने ऐनाको रुपमा प्रस्तुत  गरिएको थियो। यस लेखमा नेपाल र विश्वमा प्यान्डेमिकको बारेमा तथ्यांकले जे देखाएका थिए त्यही कुरालाई सरल रुपमा प्रस्तुत गरिएको थियो। यस लेखमा प्रस्तुत गरिएका कुरालाई कसरी बुझ्ने र लिने आ-आफ्नो बुझाइ हो।

पाठकवर्गबाट पाएको माया र उत्साहबाटै यस शृंखला साढे दुई वर्षभन्दा लामो समय अनवरत चल्न सकेकोमा सम्पूर्ण पाठकवर्ग प्रति लेखक हार्दिक कृतज्ञता ज्ञापन गर्दछ। साथै कोरोना प्यान्डेमिकको विस्तृत जानकारी गराउने क्रममा जानी नजानी केही गल्ती तथा त्रुटि हुन गएको थियो भने त्यसको लागि पनि क्षमायाचना गर्दछ ।

स्मरण रहोस्, पछिल्लो समय कोरोना संक्रमणमा विश्वब्यापी र देशब्यापी निकै कमी आइसकेता पनि यसको अवशेष अझै पनि बाँकी रहेको छ। तसर्थ कोरोना संक्रमण घटेको छ भन्दैमा होसियारी र सतर्कता नअपनाउनु ठूलो गल्ति साबित हुन सक्छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?