वेस्ट इन्डिजविरुद्ध नेपाललाई पहिलो सफलता

वेस्ट इन्डिजविरुद्ध नेपाललाई पहिलो सफलता
+
-

काठमाडौँ – एकदिवसीय विश्वकप छनोटअन्तर्गत आफ्नो तेस्रो खेलमा नेपालले वेस्ट इन्डिजविरुद्ध सुरुवाती सफलता हात पारेको छ। हरारे स्पोर्ट्स क्लबमा टस जितेर पहिले बलिङ गरेको नेपालले पहिलो विकेट हात पारेको हो।

नेपालका लागि करण केसीले दोस्रो ओभरको तेस्रो बलमानै ओपनर केली मेयर्सलाई कुशल भुर्तेलले क्याच आउट गराए। भुर्तेलले डाइभिङ क्याच लिँदै १ रनमानै मेयर्सलाई पेभिलियन फर्काए। उनले चार बल खेल्दै आएट भए। वेस्ट इन्डिजले २ रनमानै पहिलो विकेट गुमायो।

चार पटकको विश्व विजेता वेस्ट इन्डिजले दुई पटक एकदिवसीय विश्वकपको एपाधि जितेको छ। टेस्ट राष्ट्रविरुद्ध यो नेपालको दोस्रो खेल हो। यसअघि घरेलु टोली जिम्बाब्वेविरुद्ध नेपालले पहिलो खेल खेलेको थियो।

नेपालले वेस्ट इन्डिजसँग क्रिकेटका कुनैपनि फर्म्याटमा पहिलो पटक प्रतिस्पर्धा गरिरहेको हो। शाई होपको कप्तानीमा रहेको वेस्ट इन्डिज ‘बिग हिटर’ को टिमका रुपमा परिचित छ। अधिकांश टी-२० प्लेयरको बाहुल्यता रहेको वेस्टइन्डिज लगातार दोस्रो जितको खोजिमा रहेको छ।

वेस्ट इन्डिज सन् १९९५ र १९७९ विश्वकपको च्याम्पियन टोली हो। त्यस्तै २०१२ र २०१६ मा टी-२० विश्वकप समेत जितेको थियो। वेस्ट इन्डिजलाई दुई टी-२० विश्वकप जिताएका कप्तान ड्यारेन स्यामी टोलीका मुख्य प्रशिक्षक रहेका छन्। त्यसैले उनीमाथि टिमलाई विश्वकपमा पुर्यानउनु पर्ने दबाब रहेको छ।

त्यसोत नेपाली क्रिकेट टोलीका मुख्य प्रशिक्षक मोन्टी देशाई वेस्ट इन्डिजका पूर्व ब्याटिङ प्रशिक्षक समेत हुन्। २०१९ देखी २०२३ सम्म वेस्ट इन्डिज टोलीमा रहेर काम गरेका मोन्टीलाई वेस्ट इन्डिजका ब्याटरको कमजोरी र बलियो पक्षबारे राम्रो अनुभव रहेको छ। त्यसैले मोन्टीले वेस्ट इन्डिजको ब्याटिङ लाइनअप कसरी धरासायि बनाउने भन्ने ‘मोन्टी म्याजिक’ केही हदसम्म काम लाग्न सक्छ।

प्रतियोगितामा नेपाल पहिलो खेलमा जिम्बावेसँग ८ विकेटले पराजित भएको थियो भने अमेरिकालाई ६ विकेटले हराएको थियो। वेस्ट इन्डिजले भने पहिलो खेलमा अमेरिकालाई ३९ रनले हराएको थियो।

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’