काठमाडौँ – कुथेली बुखरी स्मल हाइड्रोपावरले असार २६ गतेदेखि आइपीओ बिक्री खुला गर्ने भएको छ।
कम्पनीले १ करोड २१ लाख ८६ हजार ८०० रुपैयाँ बराबरको आइपीओ जारी गर्न लागेको हो। जसअनुसार यस कम्पनीले १ सय अंकित मूल्यमा १ लाख २१ हजार ८६८ कित्ता सेयर निष्कासन गर्नेछ।
यसमध्ये १०% अर्थात् १२ हजार १८६ कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गरिसकेको छ। त्यस्तै, ५% अर्थात् ६ हजार ९३ कित्ता सामूहिक लगानी कोषका लागि र २% अर्थात् २ हजार ४३७ कित्ता कर्मचारीलाईलाई छुट्याइएको छ। बाँकी १ लाख १ हजार १५१ सय कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन्। यसमा असार २९ गतेसम्म आवेदन दिन सकिनेछ।
सो अवधिमा सबै सेयर बिक्री नभएमा साउन ९ गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ। लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्ताको लागि आवेदन दिन सक्नेछन्। सी-आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सकिनेछ।
रेटिङ एजेन्सी इक्रा नेपालले यो आइपीओलाई कम्पनीलाई इक्राए नपी इस्यूअर रेटिङ्ग त्रिपल बी माइनस रेटिङ्ग प्रदान गरेको छ। जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्छ।
कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटल रहेको छ।

                            
                            
                            
                            
                            
भर्खरै
लोकप्रिय
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                
                




















 





































































 







































 

































































