
डा. खगेन्द्र दाहाल
असार १५, २०८०

अ
+
अ
अ
-
न पानी
न रोपार
न हलगोरू
के को असारको पन्ध्र ?
न ब्याड
न मल
खेत छन् बॅाझै
बारी छन् सुक्खा
के खानु दहीचिउरा ?
न हलो
न कोदालो
न बाउसे
बिर्सिए किसानी कर्म
कल्ले लाउने पर्म ?
न बाली
न खेती
न खेताला
हल्लुंडै चुँडियो
केलाई गर्नु रमाइलो ?

