
झापा – विद्यालयको शौचालयको सेफ्टिक ट्यांकमा डुबेर गम्भीर अवस्थामा उपचार गराइराखिएका बालकको मृत्यु भएको छ। गम्भीर बनेपछि अस्पताल भर्ना गरिएका तान्छोक लिम्बूको मृत्यु भएको हो।
८ वर्षीय तान्छोक लिम्बूको बिएण्डसी अस्पतालमा उपचारको क्रममा आज बिहान १०. ३० बजे निधन भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
झापा धुलाबारीको सानो साथी किन्डरगार्टेनमा पढ्ने ८ वर्षीय लिम्बू सोमबार खाजा खाएर शौचालय जाँदा शौचालयको ढोकाअगाडि रहेको सेफ्टिक ट्यांकभित्र खसेका थिए।
विद्यालयका सञ्चालक मनोज गुरूङले बालक सेफ्टिक ट्यांकमा डुबेको थाहा पाएपछि आफैँ ट्यांकभित्र पसेर निकालेका थिए। त्यसपछि अस्पताल पनि उनैले पुर्याएका थिए।
उनलाई बेहोस अवस्थामा उद्दार गरी हिजो दिउँसो २ बजे अस्पताल भर्ना गरिएको थियो।