वडासचिवविरुद्ध वडाध्यक्षले दिए नगरपालिकामा धर्ना

वडासचिवविरुद्ध वडाध्यक्षले दिए नगरपालिकामा धर्ना
+
-

झापा – झापाको बिर्तामोड नगरपालिका वडा नं. ५ का वडाअध्यक्ष रोहित प्रसाईले वडा सचिवविरुद्ध आन्दोलन शुरु गरेका छन्।

वडासचिव समयमा नआएको र सेवाग्राहीको काम समयमा नगरेकाले वडाध्यक्ष प्रसाईंले मंगलबारदेखि नगरपालिका कार्यालयमै आफ्नो टेबल राखेर धर्ना दिएका छन्।

वडाध्यक्षले गर्ने काम नगरपालिकाको आँगनमा बसेरै प्रसाईंले गरिरहेका छन्। वडासचिव विमल पोखरेलले समय अनुशासन पालना नगरेको प्रसाईंको भनाइ छ।

पोखरेल कहिल्यै पनि बिहान कार्यालय समय १० बजे उपस्थित नभएको र ८ घण्टा काम नगरेको वडाध्यक्ष प्रसाईंले बताए। प्रसाईंले भने, ‘काम नगरेको समयको तलब कटौती गरेर नगरको खातामा जम्मा नगरेसम्म नगर परिसरबाटै सेवा दिन्छु।’

वडासचिव पोखरेलले भने समयको पालना गरेको दाबी गरेका छन्। तर वडाध्यक्ष प्रसाईंले भने उनको हाजिरीसँगै राखेर नगरपालिकामा धर्ना दिएका हुन्।

नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत तिलचन भण्डारीले अहिले यो विषय छानबिनकै क्रममा रहेको बताए। उनले भने, ‘हामीले यो विषयलाई गम्भीरतापूर्वक लिएका छौँ। कर्मचारीले गलत गरेका रहेछन् भने उनीमाथि कारबाही हुन्छ।’

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?