नयाँ मौद्रिक नीतिले अलमलमा परेको अर्थतन्त्रलाई चलायमान गराउँछ: अर्थमन्त्री महत

नयाँ मौद्रिक नीतिले अलमलमा परेको अर्थतन्त्रलाई चलायमान गराउँछ: अर्थमन्त्री महत
+
-

रुपन्देही-अर्थमन्त्री डा.प्रकाशशरण महतले नयाँ मौद्रिक नीतिले अलमलमा परेको अर्थतन्त्रलाई चलायमान गराउने बताएका छन्।

नेपाल प्रेस युनियन, रुपन्देहीले सोमबार बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले नयाँ मौद्रिक नीतिले ब्याजदरमा केही कम गराएकाले अब निजी क्षेत्रमा लगानी बढेर जाने र अर्थतन्त्र चलायमान हुने बताएका हुन्।

‘हिजोमात्रै नयाँ मौद्रिक नीति सार्वजनिक भएको छ। यो नीतिले ब्याजदर कम भए पछि लगानी बढ्छ। यसले गर्दा सुस्ताएको अर्थतन्त्र अब चलायमान हुन्छ’, अर्थमन्त्री महतले भने।

व्याजदर कम भएपछि लगानी बढ्ने र रोजगारीमा पनि वृद्धि हुने उनले बताए।

गत वर्ष राजस्व कम उठे पनि यो वर्ष राजस्वको दायरा पनि बढेकोले राजस्व संकलनमा वृद्धि हुने उनकाे भनाइ छ।

कांग्रेसका प्रवक्ता समेत रहेका अर्थमन्त्री महतले पार्टीको बैठक लाइभ गर्दा बाहिर यथार्थ कुरा बाहिर आएको बताए।

उनले पार्टीको बैठकबारे बाहिर छरिएका भ्रमहरु चिर्न पनि लाइभ गर्दा वास्तविक कुरा बाहिर आएकोले कांग्रेसलाई लाभ भएको बताए।

अर्थमन्त्री महतले सुन तस्करी काण्डमा सरकारले कसैलाई पनि चोख्याउने काम नगर्ने र दोषीलाई कारबाही गर्ने बताए।

‘जे जसरी सुन तस्करी रोक्ने प्रयास भयो, त्यो राम्रो छ। सरकारले कुनै पनि अवैध कामलाई संरक्षण गर्दैन, जो दोषी छ उसलाई कारबाही गर्छ’, उनले भने।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?